दुई जना भारतीयलाई १० वर्ष सगरमाथा आरोहण गर्न प्रतिबन्ध

दुई जना भारतीयलाई १० वर्ष सगरमाथा आरोहण गर्न प्रतिबन्ध, नक्कली प्रमाण पेस गरेको खुलासा सगरमाथाको शिखरमा सन् २०१६ मा पुगेको दाबी गरेका दुई जना भारतीय पर्वतारोहीहरु नरेन्द्र सिंह यादव तथा सीमा रानी गोस्वामी अनुसन्धान पश्चात नक्कली दाबी गरेको ठहर गरिएकाे छ । नेपालको पर्यटन र नागरिक उड्डयन मन्त्रालयले यादव र गोस्वामी दुवै माथि १० बर्ष पर्वतारोहण गर्न प्रतिबन्ध लगाएको छ ।

पर्वतारोहिबाट ब्यापक विरोध भएपछि गरिएको अनुसन्धानमा उनीहरू २७ हजार फिट सम्म पुगेको जनाइएको छ । तत्कालीन समयमा उनीहरूले पेस गरेको प्रमाणको आधारमा ती दुबैलाई नेपालबाट परम्परागत सगरमाथा सम्मेलन प्रमाणपत्र प्रदान गरिएको थियो ।

हालै नेपाल र चीनका प्रतिनिधिहरूले गरेको मापनको आधारमा सगरमाथा/ एभरेष्ट को उचाई ८८४८.८६ मीटर अर्थात २९०३१.७० फीट रहेको छ ।

Please follow and like us: