गैर आवासिय नेपाली संघ नेदरल्याण्डसले दसैं,तिहार,छठ,तथा नेपाल सम्बत शुभकामना तथा बिशेष सास्कृतिक कार्यक्रम मनाउने

नयाँ कुरा, आमस्ट्रडम,२२ अक्टुबर ,

गैर आवासिय नेपाली संघ नेदरल्याण्डसले २८ अक्टुबर ,सोमबरका दिन दसैं तिहार छठ तथा नेपाल सम्बत नेपाली चाड पर्बहरुको शुभकामना तथा बिशेष सास्कृतिक कार्यक्रम मनाउने भएको छ ।

राष्ट्रिय लोकगायक मिलन लामा तथा स्थानिय कलाकारले बिशेष सास्कृतिक मनोरन्जन कार्यक्रमहरुको तयारी शुरु भईरहेको संघले जनाएको छ ।

कार्यक्रम-KONING PARTY EVENTS HALL
स्थान –Isolatorweg 29, 1014 AS Amsterdam
मिती – २८ अक्टुबर २०२४
समय -१७ :०० -२३:०० मा हुने भएको छ ।

कार्यक्रमलाई ब्यबस्थित गराउन टिकट अनलाईन बुकिङको ब्यबस्था पनि गरेको संघले जनाएको छ ।

Please follow and like us: