आमाघर पाठशालाको भौतिक समरचना स्थर-उन्नतका लागि नेदरल्याण्डको ओरेन्जरी दरवारमा नेपाल च्यारिटी डिनर हुने

नयाँकुरा ,२६ मार्च,मंगलबार ,आमस्ट्रडम,

 

आमाघर पाठशालाको भौतिक समरचना  स्थरउन्नतका लागि  बालसेवा फाउन्डेशन द्वारा १२ जुन २०२४का दिन नेदरल्याण्डको ओरेन्जरी दरवारमा नेपाल च्यारिटी डिनर आयोजना गरिने भएको छ ।

आमाघर पाठशालामा बिभिन्न क्षेत्रका विपन्न बर्गका बालबालिकाहरुलाई गुणस्ततरिय शिक्षाको अध्यापन गराउदै आईरहेको छ ।

 

बिपन्न बालबालिकाहरु लाई ब्यबस्थित शैक्षिक सेवा तथा सुबिधा उपलब्ध गराउने लक्ष स्वरुप २०१२ देखि संचालित बिद्यालयमा २०० भन्दा बढि विद्यार्थीहरु अध्ययनरत छन ।

आमाघर पाठशाला Balsewa Foundation, Light of Life Foundation र Nepal Development Academy को सहकार्यमा संचालन हुँदै आईरहेको छ ।

आमाघर पाठशालाको स्थापनाकाल देखी नै नेदरल्याण्ड बाट मुख्य आर्थिक सहयोग हुँदै आईरहेको छ ।

पाठशालाको सहयोगका लागि हरेक बर्ष जस्तो नेदरल्याण्डमा च्यारिटी डिनर गरी आर्थिक सन्कलन हुने गर्दछ ।

 

यस पटक पनि संकलित रकम कास्कीको पुम्दिभुम्दिमा अवस्थित आमाघर पाठशालाको पुरानो भवन मर्मत समभारको मुख्य लक्ष्यले आयोजना गरिएको छ ।

च्यारिटी डिनर कार्यक्रमको उद्घाटन बनेलक्सका लागि महामहिम राजदुत गेहेन्द्र राजभण्डारीले गर्नु हुने छ ।

कार्यक्रममा सगरमाथा आरोहण गर्ने नेदरल्याण्ड कि प्रथम महिला काच्या स्तार्च्यसले नेपालको पर्यटन प्रबर्धन लाई लक्षित गर्दै आफ्नो अनुभव च्यारिटी डिनरमा शेयर गर्नु हुने भएको छ ।

 

च्यारिटी डिनर नेदरल्याण्डको ओरान्जेरी दरवारमा ब्यबस्थित तरिकाले आयोजना गर्ने गरी तयारी गरिएको छ । नेपाललाई माया गर्ने नेदरयाण्ड का डच व्याबसायीहरु साथै बिभिन्न क्षेत्रका बिशेष व्याक्तित्वहरुको सहभागिता रहने भएको छ ।

च्यारिटी डिनरमा नेदरयाण्डका कला र सँस्क्रिति सम्बन्धी सामाग्रीहरुको लिलाम गरि फण्ड संकलन गरिने भएको छ ।

Please follow and like us: