नयाँ कुरा,शुक्रबार , २५ अक्टुबर ,आमस्ट्रडम,
गैर आवासिय नेपाली संघ केन्द्रिय कार्यसमितिले २७ अक्टुबर र २८ अक्टुबरमा एन आर एन ए डे तथा साधारण सभा गर्ने भएको छ ।
संघले राजधानिमा कार्यसमिती सचिबालय को प्रत्यक्ष उपस्थितिमा पत्रकार सम्मेलन तथा जुम मार्फत बिभिन्न देशका एन आर एन एहरु र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।
साधारण सभामा संघले गरेका कामहरुलाई लिपी बद्द पेश गर्ने तयारी रहेको जानकारी गराइेको थियो ।
अध्यक्ष डा बद्री के सि लागयत केन्द्रिय पदाधिकारीहरुले पत्रकारहरुको जवाफ दिएका थिय ।
साधारण सभामा प्रधान मन्त्री तथा नेपाल सरकारको उपस्थिती रहने जनाएको छ ।
यो साधारण सभाले लामो समय देखीको अन्तर बिबादलाई अन्त्यका लागि पनि पहल गरिरहेको बुझिएको छ ।
साधारण सभा राजाधानीको सोल्टी होटेलमा हुने छ ।
कार्यक्रम महासचिब गौरी राज जोशीले स्वागत मन्तब्य तथा आर एन ए सचिबालय सुचना अधिक्रितले सन्चालन गर्नु भएको थियो ।