आम्स्टर्डममा संचालित नेपाली स्कूलको तेश्रो शैक्षिक सत्र बेनेलक्सका महामहिम राजदूतद्वारा उद्घाटन गरिने

नयाँ कुरा , १४ , फेब्रुअरी ,बुधबार ,आमस्ट्रडम,
नेपाल म्युजिक फाउण्डेसनले नेदरल्याण्ड्समा बसोबास गर्ने सम्पूर्ण नेपालीभाषी परिवारका बालवालिकाहरुलाई लक्षित गरी आम्स्टर्डाममा संचालित  नेपाली स्कूलको तेश्रो शैक्षिक सत्र यही आउने मार्च ३ आईतवारका दिन नेदरल्याण्ड्स स्थित बिभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थितिमा बेनेलुक्सका महामहिम राजदूतद्वारा उद्घाटन गरिने कार्यक्रम रहेको छ।
उक्त कार्यक्रममा उपस्थिती भै आतिथ्यता ग्रहण गर्न र आफ्ना बाबु नानीहरुलाई नेपाली स्कूलमा भर्ना गरी भाषा संस्कृतिको संरक्षण र सम्वर्द्दन गर्नमा सहयोग पुर्याउनको लागि आफ्नो संस्था सँग सम्बद्द सबैलाई जानकारी गराइदिनको लागि अनुरोध गर्दै सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरुलाई आधिकारीक पत्राचार गरिने कुराको समेत जानकारी प्राप्त भएको छ। कुनै कारण बस अधिकारिक पत्र प्राप्त हुन नसकेमा पनि यसैलाई आधिकारीक निमन्त्रणा मानी उक्त उद्घाटन समारोहमा उपस्थित भै आतिथ्यता ग्रहण गरिदिनु हुनको लागि पनि सबै सम्बद्द संस्था प्रमुख हरुमा अनुरोध गरिएको छ।
सोही दिन खुल्ला सूचना आदानप्रदानको माध्यमबाट नेपाली स्कूलबाट प्रदान गरिदै आएका सबै किसिमका गतिविधिहरुको प्रयोगात्मक सत्र समेतको प्रत्यक्ष शैक्षिक प्रदर्शनी गरेर विद्यार्थी तथा अभिभावकहरुमा जानकारी गराइने समेत कार्यक्रम रहेको छ।
नेपालीभाषी परिवारका बालवालिकाहरुलाई नेपाली तथा डच भाषा, संगीत, नृत्य, योग लगायतका कक्षा संचालन गर्दै आईरहेको नेपाली स्कूलको ३ मार्च देखी संचालन हुने नयाँ शैक्षिक सत्रमा आम्स्टर्दमा नयाँ भर्ना खोलीएको जानकारी गर्दै नेपाल फण्ड फाउण्डेसनको व्यबस्थापनमा आगामी २ मार्च देखी पुर्मेरेन्द शहरमा पनि स्कूलको शाखा संचालन गरी उक्त कक्षाहरु संचालनमा ल्याइने कुराको समेत जानकारी गरिएको छ।
पूर्ण कार्यक्रमको मिति, समय, कार्यतालिका र कार्यक्रम स्थल यस प्रकार रहेको छ।

मिती: आईतवार, ३ मार्च २०२४

समय: १०:३० – १४:०० बजे सम्म

१०:३० – आतिथ्यता ग्रहण 
१०:४५ – ११:३० – उद्घाटन समारोह 
११:३० – १३:३० प्रयोगात्मक शैक्षिक सत्रको प्रदर्शनी
१३:३० – १४:०० जलपान तथा समापन 

स्थान:  Buurtcentrum De Driehoek 

Waddenweg 116 

1025 PX Amsterdam

नयाँ शैक्षिक सत्रमा आफ्ना वालवालिकालाई नेपाली तथा डच भाषा, संगीत, नृत्य, योग लगायतका कक्षामा भर्ना गर्न चाहनुहुने अभिभावकहरुले आफु र आफ्ना वालवालिकाको लागि भर्ना सीट सुरक्षित गर्नको लागि निम्न सम्पर्क  व्यक्तिहरु तोकिएको समेत जानकारी गरिएको छ।
भर्ना तथा सम्पूर्ण जानकारीको लागि
Amsterdam:
सावु पौडेल: +३१६८३७१०२३९
अम्बिका गिरी: +३१६३९५९३७३१
रस्मिता पराजुली: +३१६२४६८६३२५
Purmerend:
सावु पौडेल: +३१६८३७१०२३९
अमृता टण्डन:+३१६२४१४००५७
उक्त कार्यक्रममा उपस्थित भै आफ्ना बाबु नानीहरुलाई नेपाली स्कूलमा भर्ना गरी भाषा संस्कृतिको संरक्षण र सम्वर्द्दन गर्नमा सहयोग पुर्याउनको लागि सम्पूर्ण नेदरल्याण्ड्स बासी नेपाली तथा संघसंस्थाहरुमा अनुरोध गरिएको छ।
समाचार श्रोत
नेपाल म्युजिक फाउण्डेसन, नेदरल्याण्ड्स
Please follow and like us: