१३ औ युरोपियन बैठक तथा दोस्रो युरोप बिज्ञ सम्मेलन तयारी अन्तिम चरणमा

आमस्ट्रडम ,सम्बाददाता
१३ औ युरोपियन बैठक तथा दोस्रो युरोप बिज्ञ सम्मेलन २०२० अक्टुबर ३ र ४ मा सामाजिक सन्जाल जुम मार्फत गर्ने तयारीमा एन आर एन ए बिज्ञहरुले कार्यशुरुवात भईसकेको जानकारी दिएको छ ।
बिज्ञ सम्मेलनमा युरोपमा सिकेको ज्ञान सिपलाई नेपाली माटो सँग जोडन मद्घत गर्ने आशा गरियको छ् । सम्मेलनमा कृषि ,स्वास्थ्य ,बिधुत ,भौतिक निर्माण र बातावरण प्रक्रिती सम्रक्षण बिशयहरुमा छलफल गरिने छ।
युरोपियन बिश्व बिद्यालयमा अध्ययनरत विद्यार्थी ,प्रोफेसर,बिभिन्न बिधामा अनुसन्धानरत बिज्ञ सँग एन आर एन ए युरोप सम्योजक नारायण आचार्यले सम्योजन गरी रहनु भएको जानकारी हाम्रा सम्बाददाता लाई प्राप्त भएको छ । बिशेष गरी नेपाली महिला दिदी बहिनीहरु लाई पनि सम्मेलनमा सहभागीताका लागि बिशेश स्वागत गरिएको छ ।
२७ सेप्टेम्बर २०२० सम्म आफुले प्रस्तुत गर्ने शिर्शक तथा थप जानकारीका लागि ईमेल -europe.knowledge@nrna.org मा बिज्ञ सम्मेलन कार्यक्रम सम्योजक राजु अर्याल लाई तथा बिज्ञ सम्योजकहरु

१- कृषि -डा प्रभात खनाल (नर्बे )
२- स्वास्थ्य -डा सुनिल कुमार शाह,डा बुद्ध राज सुबेदी , (पोल्यान्ड )
३- बातावरण – डा रबी क्षेत्री, (डेनमार्क ),डा नबिन अर्याल ,
४-बिधुत-भौतिक निर्माण- इन्जिनियर महेश कार्की(फिल्याण्ड ), इन्जिनियर सुनिल सुवाल (फिल्याण्ड )
५-बातावरण प्रक्रिती – डा चिरन्जिबी खड्का (चेक रिपब्लिक )

तथा
प्राबिधिक सम्योजक – सशी श्रेष्ठ (डेनमार्क ),महेश श्रेष्ठ(नेपाल ) र रुपक लामिछाने(नेपाल )
टिम लाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

Please follow and like us: