एन आर एन नेदरल्यान्ड्सको साधारण सभा शनिबार हुने

द्रोण रिजाल, नेदरल्यान्ड्स ,

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सले सेप्टेम्बर २६ तारिख शनिबारका दिन १४ औ साधारण सभा गर्ने भएको छ |
अहिलेको बिषम परिस्थितीमा सरकारका नियमहरु र सामाजिक दुरी कायम गर्दै साधारण सभा गर्न लागिएको र सम्पूर्ण साधारण सदस्यहरु र बिशेष उपस्थितिकालागी बिभिन्न संघ संथाका प्रतिनिधिहरुलाई समेत साधारण सभामा उपस्थितिकालागी निमन्त्रणा गरिसकिएको संघका महासचिब संघर्सशिल केसी ले जानकारी गराएका छन |

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्स का अध्यक्ष श्रीराम कंडेल ले उपस्थित जनाउन नसक्ने सम्पूर्ण नेदरल्याद्सबासी आमा बुवा दाजु भाई तथा दिदी बहिनिहरुलाई सामाजिक सन्जाल मार्फत आफ्ना सुझाब सल्लाह तथा प्रतिकृया गर्न सकिने जनाएका छन |

संघले सामाजिक र आर्थिक बिषयहरुमा के कस्तो भूमिका निर्वाह गर्न सक्यो ,अधिबेशनमा प्रस्तुत योजनाहरु कती सम्पन्न भए ,उपसमितिहरुका महत्त्वकान्क्षी परियोजना कती बामे सरे भन्ने बारेमा नेदरल्यान्ड्सबासी जनसमुदायहरुमा जनचासो भैरहेको अवस्थामा यो साधारण सभालाई बिशेष चासोको रुपमा लिइएको छ |

Please follow and like us: