१०७औ बि पी जयन्ती कार्यक्रम समपन्न

१०७औ बि पी जयन्ती कार्यक्रम समपन्न

काठमाडौं भद्र २४

नेपाली काङ्रेसले आज १०७औ बि पी जयन्ती कार्यक्रम सामाजिक सन्जाल जुम बाट समपन्न गरेको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाश शरण महतले बिपि कोइरालाको बिचारबाट मात्रै नेपालले समुन्नति प्राप्त गर्ने बताएका छन। आज जुम मार्फत भएको भिडियो कन्फरेन्स कार्यक्रम सहमहामन्त्री महतले यस्तो बताएका हुन। उनले यो देशको राष्ट्रियतालाई बलियो नबाई लोकतन्त्र बलियो नबन्ने र लोकतन्त्र बलियो नभए देशको कम्जोर बन्ने भन्दै अहिलेको सरकारलाई त्यतातिर ध्यान दिन पनि आग्रह गरे।
उनले अहिलेको सरकारले बाढि तथा अन्य बिपत्तिबाट पीडितहरुलाइ राहत दिन राहत भन्दा बढि हवाई यातायातमा खर्च गर्ने र मन्त्री तथा नेताकार्यकर्ताको लस्कर लगाउने असंबेदनसिल कार्य गरेको भन्दै विपत्ति सरकार संबेदनसिल बन्न नसक्नु दु:खद भएको बताए।
उनले सरकारले एकपछि अर्को नराम्रो काम गरिरहेको भन्दै त्यस्ता नराम्रा गतिविधिलाई रोक्न कांग्रेसका सम्पुर्ण नेताकार्यकर्ताहरु एकजुट हुनुपर्नेमा जोड दिए।

Please follow and like us: