मनसुनका कारण कैलालीका धेरै गाउ डुबानमा

मनसुनका कारण कैलालीका धेरै गाउ डुबानमा
श्रावण १५, गंगाराम रेग्मी
गत हप्ता देखी देशका बिभिन्न जिल्लाहरुमा परेको मनसुनका कारण धेरै परिवारले ज्यान गुमाएका छ्न भने दर्जनौ परिवार बिस्थापित भएका छन ।हिजो बिहान ६ बजे हिजो ठूलो वर्षा भएर डुबानमा परेका कैलालीको टिकापुर, चिसापानी र कञ्चनपुरको धेरै स्थानमा आज पनि अतिभारी बर्षा भईरहेको छ् ।

मनसुन अझै केही दिन थप हुने देखिएकोले कान्द्रा,मोहना,घुराहा,खुट्टिया,स्याउली,चौधर लगायत साना नदीमा आकस्मिक बाढी भई खतराको संकेत पार गर्ने देखिएको छ। बाढीले घरबार बिहिन भई त्रिपालमुनि बस्न बाध्य भजनी लगायतका अति बाढी प्रभावित क्षेत्रका बासिन्दाको जनजिवन संकटमा परेको छ।
यस्तै हिजो मात्रै उद्धारमा खटिएको नेपाली सेनाको भ्यानले बाटो ठम्याउन नसक्दा भजनी नगरपालिकाको महादेवलीमा पल्टिएको थियो।

त्यस्तै भजनी नगरपालिका वार्ड नम्बर ३ का अध्यक्ष विक्रम चौधरीका अनुसार भजनीमा मात्रै हिजो २२०० बढी घर डुबानमा परेका थिए। आज पनि पानी अत्याधिक रुपमा परिरहेको हुनाले जनधनको ठूलो क्षति बाट बच्न सर्तकता अपनाइ उद्धारमा सहयोग गर्न स्थानिय संघ सास्था तथा राजनीतिक दलहरु लाई आग्रह गरिएको छ।

Please follow and like us: