जनसम्पर्क समिति डेनमार्कको विवादको सुरुवात

नयाँकुरा सम्बादाता-
कोपनहेगन, गत हप्ता देखी जनसम्पर्क समिति डेनमार्कको विवाद चुलिंदै गएको छ। बिधानत कार्य समितिको कार्यकाल तीन बर्ष गरिएको छ । तीन बर्षको कार्यकाल सकी सके पछी महाधिबेशन गर्नु पर्ने चर्को आवाज रहेको छ भने समितीको पूर्ण बैठकले कोभिड १९को महामारीको बिशेष कारण अधिबेशन समयमा हुन नसक्ने कारण देखाउदै नेपाली कांग्रेस केन्द्रलाई जानकारी गराई एक बर्ष कार्यकाल थप गरिएको अध्य्क्षय बिरेन्द्र सिह कार्कीले हाम्रा समबाददातालाई जानकारी प्राप्त भएको छ् ।
जनसंपर्क समिति डेनमार्क कहिले सर्बसहमती त कहिले निर्वाचित समिती भई डेन्मार्कको नेपाली समाज लाई आफ्नो छुट्टै पहिचान दिन सफल सस्था रहेको छ । पछील्ला दिनहरुमा प्रजातान्त्रिक पार्टी भयकाले वाक स्वतन्त्रताको प्रयोग गर्दै एकले अर्को लाई प्रदाफास गर्दै आईरहेका छन । पुर्ब अध्य्क्षयले ले गत हप्ता एउटा बिज्ञप्ती प्रकाशित गरी समितीका कार्यहरु प्रती असन्तोष प्रकट गर्दै भित्रको विवाद अहिले आएर बाहिर सतहमै देखिएको हो। जनसम्पर्क समितिको विधान अनुसार निबर्तमान भै सकेका बिरेन्द्र सिंह कार्कीले मनोमानी ढंगले संस्थालाइ आफ्नै प्राइभेट कम्पनी सरह चलाएको आरोप पुर्ब सभापतीहरुले लगाउंदै आएका छन्।

जनसम्पर्क समिति डेनमार्कको तीन बर्षको कार्यकाल गत फेब्रुअरी महिनाको ११ गते नै समाप्त भएको हो। कार्यकाल समाप्त भए पछि केन्द्रमा थपको लागि पत्र पनि पठाई सकेको र केन्द्र को सल्लाहानुसार नै बिधानत आगामी कार्यहरु पनि गर्दै जाने कार्कीले हाम्रा सम्बाददातालाई बतायका छन । पुर्ब अध्य्क्षयहरुले समितिको कार्यकाल थप गर्न केन्द्रलाई अनुरोध गर्न पनि उचित कारण साथै बिशेस परिस्थिति चाहिन्छ तर फेब्रुअरी ११ सम्म त्यस्तो कुनै परिस्थिति डेनमार्कमा थिएन।केन्द्रलाई कार्यकाल थप गर्न अनुरोध गर्न पनि पूर्ण बैठक बसी बैठकको माईनोट सहित केन्द्रमा अनुरोध गर्नुपर्छ तर त्यस्तो अनुरोध पनि कार्यकाल सकिनु एक दिन अगावै सम्म गर्न सकिने व्यवस्था भए पनि त्यो पनि नगरिएको कार्यसमितिका एक असन्तुस्ट कार्यसमिती सदस्यले बताए।
कार्यकाल थप गर्न केन्द्रले अनुमती दिए पनि त्यो अनुमति पत्र कार्यकाल सकिन लागेको अन्तिम दिनसम्म प्राप्त भै सक्नुपर्नेमा छ महिना सम्म कुनै प्राप्त नभएको कार्यसमितिका एक सदस्यको गुनासो छ् । तर कार्कीले बिधानले बिशेष परिस्थितीमा एक बर्ष कार्यकाल थपिएको जानकारी गराए पनि असन्तुस्ट पक्षले भने जनसम्पर्क समिति अहिले बैधानीक संकटमा फंसेको प्रेस नोटमा जनाएको छ् । विधान अनुसार अहिले कार्यसमिति निबर्तमान भै सकेको मानिन्छ भने केन्द्रले कार्यकाल थप गरेको पत्र पनि हालसम्म प्राप्त नभएकोले अहिलेको नेतृत्वले गर्ने कुनै पनि कार्य विधान सम्मत नहुने जनसम्पर्क समिती असन्तुस्ट पक्षहरु आवद्ध कार्यक्रताहरुले बताउंदै आएका छन्।
कार्यसमितिमा स्पष्ट बहुमतमा रहेका कार्कीलाई महामन्त्रीद्वय यादव बस्नेत र दिपेन्द्र चुँडालले समिती बिधी र बिधाननुसार समिती चल्दै आई रहेको र आगामी दिनहरुमा पनि बिचलित नभई सम्पूर्ण डेन्मार्क बासी नेपाली समुदायको अग्रणी सामाजिक सस्थाको भूमिकामा लागि पर्ने बताउनु भएको छ ।

कार्यकाल समाप्त भए पनि आगामी अधिवेशनको मिति नतोकी, सदस्यता नखुलाई, क्रियाशील सदस्यता नखुलाई मनोमानी ढंगले कार्यसमितिमा सदस्यहरु मनोनित गरेकोमा भुतपुर्ब सभापतीहरुले हालै एक बिज्ञप्ती जारी गरी बिरोध जनाएका हुन्। संस्थापक सभापती नबिन राज पौडेल, भुतपुर्ब सभापतीहरु त्रिलोचन सापकोटा, यामलाल सुवेदी, रामचन्द्र पाठक ले बिज्ञप्ती मार्फत बिरोध जनाएका हुन्। समयमा अधिवेशन नगरी एकल ढंगले संस्था चलाई, डेनमार्कको नेपाली समाजमा एक छुट्टै पहिचान र गरिमा बनाएको संस्थामा आंच आउने कार्य गरेको बिज्ञप्ती मार्फत बिरेन्द्र सिंह कार्की माथि आरोप लगाइएका छ्न । गत जनवरी महिनाको अन्तिम साता बसेको कार्यसमिति तथा सल्लाहकारहरुको बैठकमा कार्कीले आफ्नो कार्यकाल थप गर्ने बताउँदा सहभागी कार्यसमितीहरु बिच अधिबेशन समयमा नै गर्ने र बिशेष कारण देखाउदै अध्य्क्षयले एक बर्ष कार्यकाल थप्ने पक्ष र बिपक्षमा भनाभन भएको थीयो ।
नेपाली कांग्रेस महासमिति सदस्य बुद्धि प्रसाद सापकोटाले बताए अनुसार- जनसंपर्क समिती यसरी नै अगाडि बद्धने हो भने सस्था नभएर केवल गुट अप गुट बनाइ आत्मरतीमा रमाउने कार्य मात्र अहिलेको नेतृत्वले गरेको आरोप लगाएका छन ।

यसैगरी गतबर्ष सम्पन्न प्रवासमारहेका काङ्रेसीहरुको प्रथम बिश्व भेलाको आर्थिक हिसाब अझै सार्बजनीक नगरिएको आरोप लगाएका छ्न भने समय परिस्थितीलाई मद्ध्य नजर गर्दै सम्पूर्ण कृयाशिल सदस्यहरुलाई सस्थाको आर्थिक कारोवार पार्दर्शीमा प्रस्तुत गरेको र कुनै पनि साधारण सदस्यहरुले सस्थाको आर्थिक गतीबिधी हेर्न चाहेमा कुनै पनि समयमा समितीलाई संपर्क गर्न सक्ने सभापति कार्कीले जनाएका छन । बैठकमा फरक राय तथा सुझाव दिने सदस्यहरुलाइ स्पस्टिकरण सोध्ने अनि आफ्नो पक्षमा नबोल्ने सदस्यहरुलाई कार्यसमिति बाटै निकाल्ने समेत कार्य गर्दै आएका कार्कीमाथि संस्थाले गर्ने
बिभिन्न खेलकुद प्रतियोगीतामा हुने खर्चहरु समेत पारदर्शी रुपमा देखाउन नसकेको आरोप लाग्दै आएको छ। यहाँ बिदेशमा बसेर पनि संस्थामा अनावस्यक चलखेल गरी केन्द्रलाई विवादमा तान्न खोजिएको स्पस्ट देखिएको एक सल्लाहकारले बताए।
असन्तुस्ट पक्षले आर्थिक गतिबिधीहरुमा लगाएको आरोपको प्रस्नमा समितिका कोशाध्य्क्ष श्याम सुबेदीले नेपाली जनसम्पर्क समिति, डेनमार्कले गर्दै आएका कार्यक्रमहरुको आर्थिक विवरण कार्यक्रम समापन लगतै संस्थाको क्रियाशिल सदस्यता ग्रुपमा शुरु देखिनै पारदर्शी तरिकाले देखाउने गरेको छ।कनै पनि समय हेर्न सक्ने सुबेदीले बताउनु भएको छ ।

Please follow and like us: