आमाघर पाठशाला नेपालका बालबालिका लागि नेदरल्याण्डसमा आर्थिक सन्कलका लागि साइकल यात्रा

नयाँ कुरा ,४ सेप्टेम्बर, सोमबार ,आमस्ट्रडम,

 

नेदरल्याण्डसको नुनस्पेट शहरमा पोखरा २२ पुम्दीभुम्दीमा रहेको  आमाघर पाठशालाको खेलकुद मैदान व्यावस्थित गर्नका लागि बाल सेवा फाउण्डेशन नेदरल्याण्डसले  आर्थिक सन्कलका लागि – च्यारिटी साइकल यात्रा शनिबार आयोजना भएको हो ।

बाल सेवा फाउण्डेशन द्वारा आयोजित च्यारिटी साइकल यात्रा शनिबार नेदरल्याण्डसको नुनस्पेट शहरमा आयोजना भएको थियो । आमाघर पाठशालाको खेलकुद मैदानलाई व्यावस्थित गर्ने लक्ष राखि आयोजना गरिएको यात्रामा लगभग ६० जना डचहरुको सहभागिता रहेको थियो ।

साइकल यात्रामा १०० किलोमिटरको र ४० किलोमिटरको गरि दुईवटा साइकलको रुटहरु निर्धारित गरिएको थियो ।

नुनस्पेटमा १०:३० बजे शुरुभएको १०० किलोमिटरको साइकल यात्रा एर्न्स्ट, भाशम, वाइन र हातम हुँदै पुन नुनस्पेट आइपुग्दा दिउसो १५:०० बजेको थियो ।
च्यारिटी साइकल यात्राबाट ६००० युरो संकलन भएको थियो भने नेपालको पर्यटन क्षेत्रलाई पनि बिशेष टेवा पुर्याएको देखिन्थ्यो ।

नेपाललाई माया गर्ने डचहरुले नेपालको प्रचार प्रसार र नेपालमा भ्रमण गर्न एकआपसमा उत्प्रेरणा पनि गरिरहेका थिए ।

 

बालसेवा फाउण्डेशनका अध्यक्ष मार्टिन प्राङ्गरले साइकल यात्राीहरुलाई नेपाल र आमाघर परियोजना सम्बन्धी जानकारी गराउदै यात्रा सफलताको शुभकामना ब्याक्त गरेका थिए । बालसेवा फाउण्डेशनका पुर्व अध्यक्ष रोबर्ट भन माउरिक लागायत समस्त कार्यसमितीको पनि उपस्थिती रहेको थियो ।

नेपाल-नेदरल्याण्डस  संयोजक तथा बोर्ड मेम्बर शशी पौड्यालले साइकल यात्रीहरुलाई संस्थागत जानकारीका साथै निम्न बर्गका नेपाली बालबालिकलाईगुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले साइकल यात्रामा सहभागि भएकोमा धन्यवाद दिदै आभार ब्यक्त गरेका थिए ।

 

नेदरल्याण्डसमा शनिबार आयोजित साईकल यात्रा गरी आर्थिक सहयोग जुटाउन नेदरल्याण्डसमा रहेका लाईट अफ लाईफ फाउण्डेशन र नेपाल बिकास प्रतिष्ठानको सहकार्य रहेको थियो ।

Please follow and like us: