७४ के जि सुपरलाईट किक बक्सिङ खेलमा बागलुङका सागर के सि बिजयी

नयाँ कुरा,२नोबेमबर,बिहिबार,आम्स्ट्रडम,

नेदरल्याण्डसको आलकमार शहरमा २८ अक्टोबरमा भएको ७४ के जि सुपरलाईट किक बक्सिङ खेलमा बोढिघाट गाउ पालिका वडा न ९ बलघास, बागलुङका सागर के सि (सरोज )बिजयी भएका छन ।


के सि लामो समय देखी नेदरल्याण्डसमा बसोबास गर्दछन । के सि लाई खेलमा सपोटका लागि नेपाली युबा तथा के सि ले ट्रेनिङ गर्ने टप स्पोर्टका प्रशिक्षक तथा स्थानिय सपोटरको बाक्लो उपस्थिती रहेको थियो ।

बिजय लगत्तै  बिदेशमा हुर्किएका युबाहरुले खेलको माध्यम बाट नेपाल लाई चिनाउन  नेपालको झन्डा फर्फराएका छन ।


सागर के सि १८ नोबेमबरमा हुने युरोपियन रेन्किङ कमपिटेसनमा पनि भाग लिने तयारी गरिरहेका छन ।
बिदेशमा हुर्किएका युबाहरुले खेलको माध्यम बाट नेपालको झन्डा फर्फराएका छन ।

Please follow and like us: