नेपाली व्यवसायी संघ डेनमार्क गठन

नयाँ कुरा ,शनिबार २ सेपटेम्बर , डेनमार्क ,

 

डेनमार्कका नेपाली व्यवसायीहरूको साझा भेलाले गत आइतवार कोपनहेगनमा मिलन टि. श्रेस्ठको नेत्रित्वमा नेपाली व्यवसायी संघ डेनमार्क  कार्यसमिती निर्माण गरेको छ ।

लामो समय देखी उच्च शिक्षा अध्ययनका लागि डेनमार्क आएका बिद्यार्थीहरुले आफुले सिकेको बिभिन्न बिधाहरुका ज्ञान सिप र पुजी लाई अब ब्यवसायमा रुपान्तरण गर्ने सोचले संगठनको आवश्यकता महसुस गरि नेपाली ब्यवसाय संघ गठन गरिएको हो ।

लामो समय देखी डेनमार्कमा अध्ययन अध्यापन ब्यवसाय तथा आई टि मा लामो समय देखी काम गरिरहेका नेपालीहरुको भेलाले मिलन टि. श्रेष्ठलाई निर्विरोध अध्यक्षमा चुनेको हो । उपाध्यक्षमा शशी श्रेष्ठ, सचिवमा कृष्ण अधिकारी, कोषाध्यक्ष कुल राज शर्मा लाई चयन गरेको छ ।सदस्यहरुमा नरेन्द्र पौडेल, योगेश भट्टराई,बुद्धी सापकोटा , किसोर प्रसाई ,  शुर्वण गौतमलाई निर्विरोध चयन गरेको छ । भने नविन पौडेल ज्यू सस्थाको लेखा निरिक्षकमा निर्विरोध चयन गरेको छ ।
भेलाले संघले गर्न सक्ने समभाबित कामहरुको राय सुझाव सन्कलन गरेको छ ।

यस सस्था बिशुद्ध नेपाली ब्यबसायिहरुको एक आपसमा आपसी सेबाको उद्देस्यले सुरुवात गरिएको छ। यस सस्थामा रहनुभएको सम्पूर्ण साथीहरुले डेनमार्कमा ब्याबसाय गरी रहँदा आफुले भोगेका समस्या , आफ्नो अनुभब एक आपसमा साटा साट गरि आगामी दिनहरुमा अगाडी बढ्न एक अर्कोलाई सजिलो होस भन्ने भन्ने मुख्य उद्देस्य का साथ यो सस्था स्थापना भएको छ ।

संस्थाको स्थापना गर्दै गर्द केही महत्वाकान्क्षी काम तथा उद्देस्य हरुमा छलफल गरेको छ ।
१ नेपाल ; नेपाली वजार र नेपाली लाई डेनर्माकमा को बजारमा स्थापित गर्ने
२ आपसी सद्भाव बढाउनुका साथै आफ्ना अनुभव आदन प्रदान गर्ने
३ एकै उद्देश्यका ब्यक्तिहरुको साझा भेटघाट गर्ने अवसर जुटाउने
४ नयां अवधारणा साथ व्यावसायमा संलग्न हुन चाहाने व्यक्ति हरुलाई प्रोत्साहान गर्ने
५ . सामुहिक हकहितका सुचना एक आपसमा बाडने
६ . तेस्रो व्यापारीक पार्टसग वार्गेनिङ्ग पावर वृद्धि गर्ने अवसर जुटाउने
6 . हामी नेपाली को पहिचान डेनर्माक समाजमा स्थापित गर्ने ।

डेनमार्कमा होटेल, रेस्टुरेन्ट, सुपर मार्केट, ड्राइभिङ् स्कुल, नेपाली कपडा पसल, आईटी, शैक्षिक परार्मश, इन्जिनियरिङ्ग परामर्श, मनि ट्रान्सफर, ट्याक्सी र ट्राभल लगायतका ब्यवसाय गर्ने करीब ५०  नेपाली ब्यबसायीहरु कृयाशिल छन ।

सस्थाले लिएका उद्देस्यहरुलाई समय सापेक्ष गर्दै आगामी दिनहरुमा नेपाली संघ सस्थाहरु सँग हातेमालो गर्दै नेपाली तथा स्थानिय कमपनी तथा संघ सस्थाहरु सँग मिलेर ब्यबसायी तथा मानबिय सेवाका कामहरुपनी गर्ने बिशुद्ध उद्देस्य सहित संस्थाको स्थापना भएको नब निर्वाचित अध्यक्ष मिलन टि. श्रेष्ठ ले हाम्रा समबाददाता सँगको समबादमा बताउनुभयो ।

Please follow and like us: