नयाँ कुरा ,बिहिबार ,१३ ,जुलाई ,आमस्त्रडम,
नेपलिज युथ एसोसियसन नेदरल्याडसले तिर्तिय एभरेस्ट कप फुटबल खेल सोमबार आमस्ट्रडममा सास्कृतिक कार्यक्रम सहित भब्य रुपमा समपन्न भएको छ ।
युरोपिएन युनियनमा स्थाई तथा अस्थाई बसोवास गर्ने नेपाली युबाहरुले खेलमा प्रचुगल ,फ्रान्स ,यु के ,बेल्जियमा र आयोजक देश नेदरल्यान्डस बाट टिमलहरुको सहभागीता रहेको थियो ।
खेलको उद्धघाटन एन आर एन ए नेदरल्यान्डसका अध्यक्ष् मिम पुर्जा र NYC अध्यक्ष सन्दिप बिश्वकर्माले समयुक्त रुपमा गर्नु भएको थियो ।
प्रथम बिजेता टिमलाई ४००० युरो ट्रफी मेडल ,द्दित्रिय बिजेता टिमलाई २००० युरो ,मेडलले पुरस्कृत गरिएको छ ।
प्रथम प्रचुगल ,दितिय नेदरल्यान्डस,खेलमा धेरै गोल तथा उत्कृष्ट खेलाडी सौगात गुरुङ नेपजुम , अनुशासित टिम लिटल बुद्ध एफ सी,उत्कृष्ट गोल किपर बसन्त मर्हट्ठा नेपजुम,उत्कृष्ट डिफेन्स असुहनग,उत्कृष्ट मिड फिल्डर सक्तिम लिम्बु यु के ,उत्कृष्ट डिफेन्डर असुण्ग सुब्बा बेल्जियम लाई पुरस्कृत तथा सममान्न गरिएको छ।
खेललाई मनोरन्जन गराउन गायक तुल्सी सिवाकोटीले सास्कृतिक प्रस्तुती गरेका थीए । नेपाली तथा बिदेशी खानाका परिकारका स्टलहरुको पनि ब्यबस्था रहेको थियो ।
बिदेशमा हुर्कदै दोस्रो पुस्ताका युबा नेपाली- नेपाली बिच भाईचारको सम्बन्ध बिस्तार गर्न यस्ता खेलहरुले मद्घत गर्ने एन आर एन ए नेदरल्यान्डसका उपाध्यक्ष अमिर गुरुङ लगायत बक्ताहरुले खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि युबाहरुलाई सहयोग निरन्तर रहने बताउनु भएको छ ।
कार्यक्रम सन्चालन एन आर एन ए उपाध्यक्ष सिता सापकोटाले गर्नु भएको थियो भने नेदरल्यान्डसमा रहेका नेपाली संघ सस्था तथा खेल प्रेमी नेदरल्यान्डसबासी नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
It is not necessary or advised to supplement your baby with formula or expressed milk during a growth spurt.