एनआरएनएको उपमहासचिवमा सोम सापकोटाले उम्मेद्दवारि घोषणा

नयाँ कुरा ,५ ,सेपटेम्बर ,मंगलवार ,

गैर आवासिय नेपाली संघको ११ औ महाधिबेशका लागि संघको उपसचिबमा सोम सापकोटाले   उम्मेद्दवारि घोषणा गरेका छन । सँघको स्थापनाकाल देखीकै एक सकृय अभियानताका रुपमा परिचित तथा बर्तमान प्रबक्ता हुन । संघको आगामी कार्यकालका लागि आफ्नो एजेण्डा सहित घोषणा गरेका हुन ।

घोषणा पत्र जस्ताको त्यस्तै

 एनआरएनएको उपमहासचिवमा सोम सापकोटाका   उम्मेदवारी र प्राथमिकता 

 

‘नेपालीका लागि नेपाली’ भने भन्ने मूल मन्त्रसहित सन् २००३ मा गैर आवासीय नेपाली संघको स्थापना गरिएको हो । त्यसपछि आजसम्म निरन्तर सक्रिय रही नेपाल र नेपालीको सेवामा प्रतिबद्ध रहँदै आएको छ । यसै सिलसिलामा ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नारालाई सार्थक बनाउने उद्देश्यअनुरूप नेपालको नीतिगत व्यवस्थाका लागि राजनीतिक दल, सरकार र सरोकारवाला निकायसँग पहल गर्ने प्रतिबद्धता जनाउँछु । साथै, सहज ढङ्गले गैरआवासीय नेपाली नागरिकता प्राप्तिका लागि पहल गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु ।

गैरआवासीय नेपालीले नेपालमा आर्थिक अधिकार प्रयोग गर्दा आइपरेका समस्या समाधान गर्न र विदेशबाट नेपालमा लगानी जुटाउने सवालमा रहेका कानुनी जटिलता हटाउनका लागि पहल गर्नेछु । त्यस्तै गैरआवासीय नेपालीले नेपालका जुनसुकै आर्थिक क्षेत्रमा सहज ढङ्गले लगानीको वातावरण बनाउन सरोकारवाला निकायसँग समन्वय गरी तार्किक निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाउँछु ।

रोजगारीको सिलसिलामा मध्यपूर्व वा अन्य देशमा पुगेका नेपालीको हितलाई मध्यनजर गर्दै वैदेशिक रोजगार कल्याणकारी कोषलाई थप प्रभावकारी बनाउन आवश्यक रहेकाले त्यसका लागि पहल गर्नेछु । उक्त कोषमार्फत श्रम समस्यामा परेका व्यक्तिलाई कानुनी उपचारमा सहयोग गर्नु, वैकल्पिक रोजगारीको पहल गर्नु, गम्भीर प्रकृतिको रोग लागेका व्यक्तिको उपचार गर्नु, विभिन्न कारणले ज्यान गुमाएका व्यक्तिको परिवारलाई अवस्था हेरेर आर्थिक सहायता उपलब्ध गराउनु र निजका नाबालिग छोराछोरीको शिक्षाका लागि पहल गर्ने व्यवस्था मिलाउनु संस्थागत आवश्यकता ठानेको छु ।

 

 

मातृभूमिको विकास र समृद्धिका लागि उठिरहेको ‘सामूहिक लगानी कोष’मा विदेशमा बस्ने सबै खाले नेपालीले लगानी गर्न सक्ने गरी मूर्तरूप दिने प्रतिबद्धता व्यक्त गर्दछु ।

विदेशमा सिकेको ज्ञान, सीप र  प्रविधि नेपाल भित्र्याउने वातावरण गराउने मात्र होइन, पछिल्लो समय नेपालको सीप डिजिटल माध्यममार्फत विदेशमा जान सुरु भइसकेको छ । त्यसलाई थप व्यवस्थित गरेर व्यवसायिकरुपमा विदेशी मुद्रा आर्जनको माध्यम बनाउन पहल गराउने प्रतिबद्धता जनाउँछु ।

नेपाल संसारकै सुन्दर देशमध्येको एक हो । त्यसैले नेपालको पर्यटकीय क्षेत्रको विकासमा महत्त्वपूर्ण काम गर्न आवश्यक छ । सगरमाथा, लुम्बिनी, पशुपतिनाथ लगायतका सबै पर्यटकीय क्षेत्रको विकासका लागि वातावरण निर्माण गर्न सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउँछु । नेपाल पर्यटन बोर्डको मानार्थ जनप्रतिनिधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन सद्भावना दूतको रूपमा काम गरिसकेको अनुभवको आधारमा एनआरएनएकै माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न थप प्रविधिमैत्री तरिकाबाट नेपाली भाषा संस्कृति नेपाली रैथाने खानको प्रवर्धन गर्नुपर्ने  आवश्यक ठानेको छु ।

वैदेशिक रोजगारीमा जानुपूर्व नै सीपयुक्त बनाउने अभियानलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा दक्ष नेपाली पठाउन दक्ष नेपाली कामदार उत्पादनका लागि पहल गर्ने प्रतिबद्धता जनाउँछु । त्यसका लागि आवश्यक तालिम केन्द्र स्थापनाका लागि नेपाल सरकारसँग मिलेरै काम गर्न आवश्यक छ ।

गैरआवासीय नेपाली संघको स्थापनापछिका केही वर्षको ओज र गरिमामा बेलाबेलामा देखिएका विवादहरुले कमजोर पारेको धेरै नेपालीले अनुभव गर्नुभएको छ । पछिल्लो समय खस्किएको एनआरएनएको ओजलाई थप लोकतान्त्रिक, विधिसम्मत, एकताबद्ध र पारदर्शी बनाउन पहल गर्ने प्रतिबद्धता जनाउँछु ।

एनआरएनएको काठमाडौँस्थित सचिवालयलाई थप व्यवस्थित, प्रविधिमैत्री, क्रियाशील बनाउन र संसारका विभिन्न देशमा रहेका नेपालीले आफ्नो समस्याको जानकारी गराउने र समाधानका लागि तत्काल सम्बोधन गर्ने गरी डेस्क स्थापना गर्न आवश्यक देखिएकाले विदेशमा बस्ने नेपालीका लागि उद्धार कानुनी सुझाव सहयोग र अन्य समस्या समाधानका लागि २४ सै घन्टा सेवा दिनेगरी काम गर्न पहल गर्नेछु ।

संघले घोषणा गरेका कार्यक्रम तथा संघ मातहत रहेर गरिने कार्यक्रमलाई नीतिगत प्रक्रिया र संस्थागत पद्धतिबाट कार्यान्वयन गर्न गराउन आर्थिक रूपमा सबल, सक्षम एकताबद्ध र सबैले अपनत्व महसुस गर्ने सक्ने साझा गैर आवासीय नेपाली संघ सधैँ मेरो कामको प्राथमिकताको क्षेत्र भएको जानकारी गराउँछु ।

सोम सापकोटा

Please follow and like us: