गैर आबासीय नेपाली संघका निबर्तमान अध्यक्ष भबन भट्टले आध्यात्मिक रातो बस्त्रमा

जि एन् एन् ए ,गैर आबासीय नेपाली संघका निबर्तमान अध्यक्ष भबन भट्टले आध्यात्मिक जागरणको नयाँ जीबन सुरु गरेका छन ।

ओशो तपोबन नागार्जुन काठमाडौंमा तीन दिने आबासीय सिबिर सम्पन्न गरे पछि स्वामी आनन्द अरुणले भट्टलाई दिक्षा दिएका छन । उनलाई ‘स्वामी आनन्द देब’ को रुपमा ओशो सन्यासीको नामाकरण गरिएको छ । ध्यान साधनाको नयाँ जीबन सुरु गरेका ओशो सन्यासी पुरुषहरुलाई स्वामी र महिलाहरुलाई माँ भनेर सम्बोधन गर्ने गरिन्छ ।

भट्टले योग र ध्यानको प्रयोगबाट आफुलाई रुपान्तरण गर्ने प्रयास केही समय अघिबाट गरेको र अब दिक्षित भएर त्यस मार्गलाई अझ फराकिलो बनाउने प्रयास गरेको बताएका छन । आफुले बिभिन्न कोणबाट जीबनको गहिरो अनुभब संगालि सकेको र अत्रिप्त चाहना धेरै नभएकोले सन्यासको यात्रा सहज् हुने विश्वाश गरेको बताए । रोमान्टिक स्वभाबका ”भट्ट हसिबा खेलिबा धरिबा ध्यानम” ( हाँस्दै खेल्दै ध्यानमा उत्रिनुस ) को कबीर बाणीको धरातलीय यथार्थ ओशोको ध्यान बिधिमा रहेकोले आफुलाई ओशो सन्यासी बन्न प्रेरणा मिलेको हो भन्छन ।

भौतिक बिकासको आजको चरम अवस्थामा मानिस झन बढि दुखी र संसार झन बढि अशान्त हुँदै गएकोले हरेक मानिस भित्र प्रेम र करुणा भाबको बिकास गराउन सकिएन भने प्रख्यात बैज्ञानिक स्टेफेन हकिन्सले भने झै प्रिथ्बीको आयु एक सय बर्ष भन्दा बढि नरहने कुरा प्रमाणित हुने छ । आध्यात्मिक गुरु ओशोले संसारमा भएका सामाजिक क्रान्तिले प्र्थिबी शान्त हुन नसक्ने तर हरेक ब्यक्तीमा प्रेम करुणा जगाउन सके कुनै युद्ध हुन नसक्ने बताउनु भएको छ ।

हृदयमा प्रेम भएको मान्छेले समाजलाई प्रेम बाढ्न सक्छ र प्रेमको मार्गनै मानब जातीको समग्र बिकास र विश्वको उन्नतीको सहायक् हुन सक्ने उहाको सन्देश छ । ओशोका ध्यान बिधीहरु २१ औ सताब्दीको मानिसको मनस्थिती अनुसार बैज्ञानिक र प्रमाणिक रहेका छन । ध्यानका आधुनिक बैज्ञानिक ओशोका सात सय बढि पुस्तकहरु, हजारौ श्रब्य द्रिष्य सामाग्रीहरु ५० भन्दा बढि भाषामा उपलब्ध छन ।

विश्वका असी बढि देशहरुमा ओशो आश्रम र ध्यान केन्द्रहरु सन्चालित छन ।

Please follow and like us: