उज्जवल ठकुरीद्वारा पाकिस्तानका विश्व कीर्तिमानधारी मोहम्मद रशिदले राखेको कीर्तिमान भंग

जिएनएन , अमेरिका डिसी महानगर क्षेत्रमा करिव दुई दशक देखि बस्दै आएका ९ पटक बिश्व कीर्तिमान गरेका करातेका खेलाडी उज्जवल ठकुरीले पाकिस्तानका विश्व कीर्तिमानधारी मोहम्मद रशिदले राखेको कीर्तिमानलाई तोडेका छन् । पाकिस्तानका रशिद ३० पटक बिभिन्न विधामा बिश्व किर्तिमान गर्ने उत्कृष्ट खेलाडी हुन् ।

ठकुरीले हालसालै भारतको ओलम्पिक खेल्ने तेक्वान्दो खेलाडीको बिश्व किर्तीमानलाई भंग गरेको केही समय मै पुन पाकिस्तानका शीर्ष खेलाडीको किर्तिमानलाई भंग गर्दै गिनिज बिश्व किर्तिमानमा आफ्नो नाम लेखाउन सफल भएका छन् । रशिद पाकिस्तान एकडेमी अफ मार्शल आर्टका प्रमुख हुन् भने उनले राखेको दुवै बिश्व किर्तिमान ठकुरीले हात पारेका छन् ।

मोहम्मद रसिद पाकिस्तानका शीर्ष स्थानका खेलाडी हुन् जसलाई पाकिस्तानले पाकिस्तानको ब्रुस्ली तथा “खुदा” मान्छन। यिनको कीर्तिमान भारतले भंग गर्न धेरै पटक कोसिस गरे तर आजसम्म गर्न सकेको छैन। नेपाली मूलका कराते खेलाडी उज्ज्वल ठकुरीले यिनको दुइ उपाधि हात पारेका छन् । भर्खरै भंग गरेर हात पारेको उपाधि ५ केजी वजन खुट्टाले बोकेर ४ फिट माथि किक प्याडमा समाउन लगाएर १ मिनेटमा ८३ चोटी घुडा प्रहार समाप्त गरि नया बिश्व किर्तिमान हात पारेका छन् ।

No description available.

सो उपाधि पहिला भारतको तेक्वान्दो खेलाडी बडे साईले १ मिनेटमा ५५ चोटी प्रहार गरि २०१७ उपाधि हासिल गरेका थिए भने ठकुरीले त्यो कीर्तिमान फेब्रुअरी २९ ,२०२० मा ७१ चोटी प्रहार गरि उनको किर्तिमान प्राप्त गरेका थिए । तर पुनः पाकिस्तानको खेलाडीले मार्च १,२०२० मा ७८ चोटी प्रहार गरि ठकुरीको उपाधि खोसेका थिए। बिश्व कीर्तिमानी ठकुरी चुप लागेर बसेनन ।

ठकुरीले फेरी यो कीर्तिमान १ मिनेटमा ८३ चोटी घुडा प्रहार गरेर आफ्नो उपाधि पुन फिर्ता गरे । अर्थात् प्रति सेकेन्ड भन्दा छिटो ५ केजी वजन खुट्टाले बोकेर घुडा प्रहार गरेका थिए । त्यस्तै दोस्रो ५ केजी वजन खुट्टाले बोकेर ४ फिट माथि किकप्याडमा समाउन लगाएर ३ मिनेट भित्र १५७ घुडा प्रहार समाप्त गरि नया बिश्व कीर्तिमान हात पारेका छन् । सोहि किर्तिमान भारतको बडे साइले ३ मिनेटमा ५ केजी बोकेर ८७ चोटी प्रहार गरेका थिए भने मोहम्मद रसिदले ३ मिनेटमा १५२ चोटी प्रहार गरेका थिए ।

भारत र पाकिस्तानको एकै चोटी दुवै कीर्तिमान(रेकर्ड )तोड्न सफल कराते खेलाडी उज्जवल ठकुरी काठमाडौँमा जन्मेका नेपाली खेलाडी हुन।

Please follow and like us: