पत्रकार महासंघ युरोप शाखाको नेत्रित्वमा प्रेम परियार चयन

द्रोण रिजाल, नेदरल्याण्ड्स, नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेम परियार र महासचिबमा द्रोण रिजाल चयन भएका छन् । शाखाको मार्च २६ तारिख शुक्रबारका दिन सम्पन्न निर्वाचनले सर्वसम्मत रुपमा परियारको नेत्रित्वमा कार्यसमिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षहरुमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जंगम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवहरुमा महिन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन् ।

यसैगरी, सदस्यहरुमा वीरमान घर्ती, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल अधिकारी, अनिल पौडेल, भेषबहादुर (सन्जु) काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पा तेन्जी शेर्पा र किशोर लिम्बु रहेका निर्वाचन समितिले जानकारी गराएको छ। शाखाको संरक्षकहरुमा बरिस्ठ पत्रकारहरु पुष्प बरुवाल, पन्चम अधिकारी र राजकुमार दिक्पाल रहेका छन् ।

No description available.

शाखाको नयाँ कार्यसमिति निर्माणका लागि निर्वाचन समिति संयोजक तथा केन्द्रीय उपाध्यक्ष राजेश चाम्लिङ, सदस्य सचिव डा. उदयदेव आचार्य र सदस्य किशोर सुब्बा रहेका थिए भने अधिवेशन सम्पन्न गर्नका निम्ती बेलायत शाखाका पुर्व अध्यक्ष तथा ब्रिटेन नेपाल डट कमका सम्पादक समेत् रहेका केन्द्रीय प्रतिनिधि चिरन शर्मा रहेका थिए। पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष तथा अधिवेशनका परिवेक्षक नरेश खपाङ्गी मगर ,शाखाका सल्लाहकारद्वय पुष्प बरुवाल र पंचम अधिकारीको विशेष उपस्थिति रहेको थियो।

पत्रकार महासंघ युरोप शाखाको चौथो अधिवेशनको उद्घाटन फेब्रुवरी २० का दिन सुचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा युरोप महादेशमा रहेका बिभिन्न देशका महामहिम राजदुतहरु बिशेष आतिथ्य, गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका केन्द्रिय प्रतिनिधि लगायत बिभिन्न संघसन्थाका अध्यक्ष, प्रतिनिधिहरुको बाक्लो उपस्थितिका साथ अधिवेशन सम्पन्न भएको थियो।

Please follow and like us: