बालबालिकाले पनि कोभिड भाइरसको खोप लगाउन मिल्ने

(जीएनएन ) – कोरोना विरुद्धको खोप उत्पादन गर्ने कम्पनी, एस्ट्राजेनिका, ले कोरोना भाइरसको खोप ६ बर्ष सम्मका बच्चाहरुलाई पनि परीक्षण गर्ने भएको छ ।

अकसफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले शनिबार बेलायतमा छ बर्ष सम्मका बच्चाहरूमा एस्ट्राजेनिका खोपको परीक्षण सुरु गर्ने योजना बनाएका छन्। अक्सफोर्ड विश्वविद्यालयका एक टोलीले यो खोपको विकास गरेको हो । र ,उनीहरुले ६-१७ बर्ष उमेरका बच्चाहरु,किशोर/किशोरीहरुमा खोप परीक्षण लन्डन,साउथेम्प्टन र ब्रिस्टल क्षेत्रमा गर्ने बताएका छन् ।

अमेरिकामा फाइजर / बायोटेक र मोडेर्नाको खोपहरू १२ बर्ष सम्मका बच्चाहरूमा परीक्षण भइरहेको छ। “यो नयाँ परीक्षण, एकल-गुप्त (ब्लाइन्ड),र्यानडम (यादृच्छिक रूप) ले दोस्रो चरणको परीक्षणमा ३०० स्वयम्सेवकहरूको नामांकन गरिने जनाएको छ जसमध्ये २४० जनाले (एस्ट्राजेनिका) खोप लिनेछन् । बाँकी अन्यले नियन्त्रित रुपमा मेनिन्जाइटिस खोप, जुन बच्चाहरूमा सुरक्षित देखिएको छ, त्यो लिने जनाएका छन् । तर खोपको असरका कारण हात दुख्ने हुन सक्ने अक्सफोर्ड टोलीले एक विज्ञप्तिमा भनेको छ। अक्सफोर्ड खोप समूहका बाल रोग अनुसन्धानकर्ता, ग्रेस ली, ले भने, “हामीले हेरिसकेका छौं कि यो खोप वयस्कहरूमा सुरक्षित र प्रभावकारी छ र बच्चाहरू कसरी कोरोनाभाइरसबाट प्रभावित हुन्छन भन्ने बारे अनुसन्धान गर्ने हाम्रो समझदारी रहेको छ ।

त्यसो त बच्चाहरू वयस्कहरूको तुलनामा अस्पतालमा भर्ना हुने वा कोभिड-१९ बाट मर्नेहरूको तुलनामा धेरै कम सम्भावना हुन्छ । चिकित्सक एन्ड्र्यू पोलार्डले भने, “धेरै जसो बच्चाहरू तुलनात्मक रूपमा कोरोनाभाइरसबाट प्रभावित हुँदैनन् र संक्रमणबाट अस्वस्थ हुने सम्भावना हुँदैन।

बच्चाहरू र युवाहरूमा खोपको लागि सुरक्षा र प्रतिरक्षा प्रतिक्रिया स्थापना गर्नु महत्त्वपूर्ण छ किनभने केही बच्चाहरूले खोपबाट फाइदा लिन सक्दछन्,” चिकित्सक एन्ड्र्यूले थपे।

पोलार्ड अक्सफोर्डमा परीक्षणको लागि मुख्य अन्वेषक हुन् । “यी नयाँ परीक्षणले सार्स -कोभ२ को नियन्त्रणको बारे हाम्रो सुझबुझले जवान उमेर समूहलाई विस्तार गर्ने छ,” उनले भने ।

Please follow and like us: