सरकारको रवैया र रअको हस्तक्षेपकारी रणनिती :

जय सापकोटा, पोर्चुगल,
नेपाली जनताहरू यतिबेला मुख्य गरी तीनवटा कुराहरूको भय र त्रासमा आततायी भएर बॉचिरहेका छन, कोरोना संक्रमण, सरकारको रवैया र हस्तक्षेपकारी रअको रणनिती ! २०२० जनवरीदेखी चीनको हुवान रहरबाट सुरू भएको पान्डामिक कोभिड -१९ नामको सरूवा रोगले यतिबेला लाखौ मान्छेको ज्यान लिएको छ त करोडौ मानिसहरूलाई त्रासमा बॉच्न बाध्य बनाएको छ र पुरै देशको अर्थतन्त्र र मानव जीवनमा नै संकट पैदा गरेको छ जसबाट अबिकसित र अल्पबिकसित राष्ट्रहरूको बिकास र प्रगति पुरै शुन्य सरह भएको छ !
साना देशहरू त्यसै पनि राजनितिक र आर्थिक अवस्थामा पछाडी रहेका थिए, उनीहरूको देशको अर्थतन्त्रको आयस्रोत भनेकै राजनितिक हस्तक्षेपकारी निती उन्मुख परनिर्भरता हो ! जस्ता कारण आज नेपाल जस्तो प्राकृतिक सौन्दर्यले भरिपुर्ण देश छिमेकी २ देशहरूको चपेटामा रहनु परेको छ ! नेपालमा राजनितिक परिवर्तन हुनका निमित्त यीनीहरूलाई जसरी यहाका राजनितिक दल र शासकहरूले प्रयोग गर्ने गरेका छन त्यसकै कारण आज यो देशको भुगोलप्रति प्रत्यक्ष अप्रत्यक्ष रूपमा धावा बोल्ने अघोषित कदमहरू भएका छन त्यसप्रति यो देशका राजनितिक दल र सरकार नतमस्तक हुनु बाहेकको अवस्था छैन ! बिश्वमान चित्रमा सानो भुगोल भएर पनि सार्वभौमिक, स्वतन्त्र र स्वाधिनतामाथि कहि कतै कसैसंग नझुकेको आफ्नै गौरवपूर्ण इतिहास बोकेको यो देशको अस्तित्वमाथि आज बिस्तारबादी र अवसरबादीहरूले आखा लगाउन अनेकौ प्रयत्न गरिरहेका छन त्यसैको निरन्तरतामाथिको दर्बिलो प्रहार हो यसपटकको रअ का प्रतिनिधी सममन्त कुमार गोयलको नेपाल भ्रमण !
यो सरकार बने लगत्तै देशमा केहि आशा त केहि सुशासन र शान्ति सुरक्षाका बिषयमा गम्भिर आंशकाहरू जनमानसमा थिए, आज ति आशाहरूमाथि दलभित्रैबाट असन्तुष्टीका आवाजहरू निस्किन थाले सरकार मन्त्रीपरिषद् गठन र बिस्तारमै रूमुलियो हत्या हिंसा बलत्कार र भ्रष्टचारका बिषयहरू एकपछि अर्को गरी तिब्र रूपमा बढ्न थाल्यो यसका लागि न त गृह प्रशासन गम्भिर बन्यो न त प्रधानमन्त्री स्वयंम ! यो सरकारलाई दुई तिहाईको निकै ठुलो घमन्ड र उन्माद रह्यो दैनिक प्रशासन संचालन र सेवादायी बिषयमा सोच्नेसम्म समय भएन ! ६०-७० बर्षपछि संघर्षले जनताबाट प्राप्त जनधिकार सहितको यति ठुलो जनमतको कदर गर्न नसक्नु नेपाल कम्युनिष्ट पार्टीको लागि लाजमर्दो अवस्था हो जनमत बलियो हुदाहुदै देशमा संकटकालीन अवस्था श्रृजना हुदासम्म गरीब गुरूवा, दिनदुखी, मजदुर, किसान र दुरदराजमा पिछडिएका र राष्ट्रको सेवाबाट बन्चितीकरणमा परेकाहरूको लागि राज्यले केहि गर्न नसक्नु कम्युनिज्म दर्शनभित्रको अध्ययन र ब्यवहार सुहाउदो हुनसक्दछ भन्ने प्रश्न उब्जिएको छ !
सरकार भ्रष्ट्रचारमा लुटपुटीएको छ, राष्ट्रबादका ठुलठुला भाषणहरू पार्टीका मुखपत्र बनेका मिडीयाहरूमा सुनिएका छन, तर ब्यवहारमा कालापानी, लेपुलेक,लिम्पियाधुरा, सुस्ता, माडीको अयोध्यापुरी र डोल्पाको सिमा अतिक्रमणका बिषयमा राष्ट्रको उदॉगो रूप झल्किएको छ, भ्रष्टचार र कमीसनका बिषय र संबैधानिक निकायहरूको राजनितिक नियुक्ति र त्यसमाथि उठेका योग्यता र क्षमताका बिषयहरू लगायत सबै कुराहरू जनताहरूले देखिरहेका छन र बुझीरहेका छन त्यसको प्रतिउत्तर आगामी चुनाबमा प्रकट हुने नै छ ! पछिल्लो भारतीय हेपाहा प्रबृद्वी र हस्तक्षेपका बिरूद्व नाकाबन्दीको समयदेखि खरो रूपमा उत्रिएका भनिएका खड्कप्रसाद ओलीको झोली आख़िर दिल्ली दरबारमा कसरी बिसाइयो त्यसको ज्वलन्त उदाहरण तीन दिन अघि भारतीय खुबीया एजेन्सी (Resource Action Wink) ‘रअ’का प्रतिनिधी सामन्तकुमार गोयलको नेपाल भ्रमण हो ! एकाएक कसरी उनी नेपाल आए र किन केका लागि भन्ने बिषयमा जनमानसमा निकै कौतुहलता छाएको छ ! यस्ता भ्रमणहरू बिगतमा पनि हुने गरेका भनेर उत्तर दिने हैसियतका परराष्ट्र सल्लाहकार र ओलीका प्रेस सल्लाहकार दुबैले मिडियाहरूमा नुनको सोझो गरेर ओठे जवाफ दिइरहेका छन ताकि यो सरकारको हैसियत बिगतका सरकारको जत्ति पनि रहेनछ कि भन्न लजाएर ! बास्तबमा, यो सरकार भारतीय बिस्तारबादको दलाल हो, यसले ओली सरकार नेतृत्वको बचाऊँ गर्नका निमित्त देशको स्वाधिनता र स्वतन्त्रताको मानमर्दन गरेको छ, परराष्ट्र मन्त्रालयको अस्तित्व नामेट गरेको छ, र सुचनाको हकमाथी हस्तक्षेपकारी भूमिका निम्ताएको छ ! दलालीकरणमा आफूलाई नम्बर वन पिएमको लिष्टमा सरकारको हैसियत दर्ज गरेको छ !
औपचारिक होस वा अनौपचारिक भेटघाट होस, सरकारले आफ्नो पोर्टफोलियो र मर्यादा र बिधी बिधान प्रकिया बिपरित गर्ने यस्तै जुनसुकै भेटघाटले देशको सर्वप्रथम हित गर्दैन बरू बैदेशिक हस्तक्षेपलाई सहज र सरल बनाउन नजीरको स्थापन गर्दछ यसप्रति ओली सरकारको राज्य संचालनको प्रकियामा असक्षम साबित भैसकेको छ ! जनताहरू दिनदहाडै स्वास्थ्य उपचार र सुरक्षाका कारण मरीरहनु परेको छ ! सरकारले जनताका कुनैपनि बिषयमा गम्भिर भएर सेवा दिन सकिरहेको मात्र होइन कि सही सुचना सम्म पनि प्रवाह गर्न संकेको छैन ! यो सरकार जनताप्रति निकम्मा र निरही बनेको पुष्टी भएको छ !

Please follow and like us: