नगर्नुहोस् न्याय मलाई, साथी, तिम्रो मापदण्ड भित्र…

नगर्नुहोस् न्याय मलाई, साथी, तिम्रो मापदण्ड भित्र…

 

डिपी शर्मा मैनाली , ९ फेब्रुअरी ,शुक्रबार ,

द हेग, नेदरल्याण्डस,

अरुले जस्तै सोचे भने त, फरक के भयो म र अरुमा?

त्यसैले होला, अरुभन्दा फरक विचार राख्ने गर्छु म त।

पागल जस्तो तर्क गरे भने, फरक के भयो म र अरुमा?

त्यसैले भिन्दै खालको पागल बन्ने कोशिस गर्छु म त।

मैले पनि थोरै बुझेको छु राजनीति, साहित्य, र संगीत।

तिनीहरूका सन्देश, स्तर,र लेखन शैलीहरू पनि।

मेरो लेख्ने तरिका तिम्रो भन्दा फरक परेका नै होलान!

नगर्नुहोस् न्याय मलाई, साथी, तिम्रो मापदण्ड भित्र।

अनौठो जीवन यात्रामा, हामी आफ्नै किस्सिम ले खेल्छौं।

न दाँज है तेसरि मलाई तिम्रा आफ्ना शैली र स्तरहरूसँग।

म त अरुभन्दा भिन्दै सरल शैली र सोच बोकेको मान्छे।

नगर्नुहोस् न्याय मलाई, साथी, तिम्रो मापदण्ड भित्र।।

मेरा भोगाईका किताबहरुमा एउटा फरक इतिहास छ।

त्यसैले, आदर र अनुग्रहका साथ छेउछाउमा हिडौं।

जीवनले बहुआयामिक अनुहार लगाउँछ भन्ने बुझेर।

नगर्नुहोस् न्याय मलाई, साथी, तिम्रो मापदण्ड भित्र।।

-कबि नेपाली मूलका डच नागरिक हुन्। हाल उनी द हेग युनिभर्सिटी, नेदरल्याण्डमा सहप्राध्यापकको रूपमा कार्यरत छन्। नेपाल, नेपाली साहित्य, संगीत र पूर्वी दर्शनमा कलम चलाउनुका साथै मैनाली  सामाजिक अभियन्ता, नेदरल्याण्ड्सको नेपाली भाषी इन्जिनियर्स एसोसिएसनका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको विश्व संजालका सल्लाहकार पनि हुन्।)

 

Please follow and like us: