हरितालिका (तीज) को पौराणीक तथा परम्परागत महत्व र वर्तमानमा अभ्यासको अवस्था

नयाँ कुरा ,१६ सेपटेमबर ,शनिबार ,द हेग ,राजेन्द्र शर्मा(नेपाल प्रेमी)

हरितालिका अर्थात तीज विशेषत हिन्दू नारिहरुको खास पर्व हो। धार्मिक, पौराणीक तथा परम्परागत रुपमा यसको विशेष महत्व
छ। परापूर्वकालमा हिमालय पुत्री पार्वतीले श्री महादेव वर पाउनको लागि गंगा नदीको किनारमा गै कठोर तपस्या गरेको थाहा
पाइ उनका पिता हिमालयले पार्वतीको विवाह श्री हरी बिष्णु सँग गर्दिने निर्णय गरेको कुरा पार्वतीली आफ्ना सखीहरु बाट थाहा
पाइन। तत्पश्चात पार्वती अत्यन्तै दुखी भएको देखी उनका सखीहरुले पार्वतीलाई नदी किनार बाट हरण गरी पर्वतमा लुकाइ राखी
तपस्या सफल पारी महादेव वर प्राप्ती गरेको कथा सँग हरितालीका पर्वको महत्व जोडीएको छ।

कथा अनुसार व्रतको प्रभावले भाद्र शुक्ल तृतियाका दिनको पार्वतीको विवाह महादेव सँग भएको हुनाले यस दिनलाई आफुले
इच्छाएको व्यक्तिलाई वर प्राप्त गर्न वा आफ्नो पतिको सु-स्वास्थ्य र दीर्घायूको कामनाको लागि यसै दिने व्रत वस्ने परम्परा बसेको
हो।

धार्मिक पौराणीक महत्वका साथमा तीज पर्व नेपाली हिन्दू परम्परामा बिवाहित छोरी चेलीहरु माइतिमा गै वाल सखीहरु सँग
भेटघाट गर्ने आफ्ना आफ्ना श्रीमान र घर परिवारका वारेमा र आफुले भोग्नु परेको दु:ख सुखका बारेमा भलाकुसारी गर्ने, श्रीमान र
परिवार, सासु, देवर, देउरानी, नन्दका व्यबवहारले पीडित भएको कुनै भोगाइ भए त्यसलाई लयवद्द र गीतको रुपमा बखान गर्ने
गर्दै आफ्न व्यथाहरुलाई उजागर गर्ने एउटा अवसरको रुपमा पनि लिने गरिएको छ। यस अर्थमा नारी आवाज वुलन्द पार्ने
सवालमा तीज एउटा क्रान्ति पनि हो।

तर वर्तमानमा तीज पर्वको महत्व र गरिमालाई गलत रुपमा अभ्यास गर्न थालिएको छ। श्रींगारको नाममा गहना प्रदर्शनी गर्दै
दरको नाममा मदीराको नशामा मातिएर नांचको नाममा उत्ताउलो र भड्किलो पारामा अङ्ग प्रदर्शन गरी तीजको पौराणीक र
परम्परागत महत्वलाई अन्यत्रै मोडिएको छ। भोलीपल्ट निराहार निर्जल व्रत बस्नु पर्ने भएकोले व्रतको अघिल्लो दिन ढिलो गरी
खानपिन गर्नको लागि माइतिमा बसेर बालसखी सँग आफ्ना आफ्ना वेदनाका पोकाहरु खोलेर तीजको भाकामा गाउंदै रमाइलो
गर्दै खाइने दर आजभोली पार्टी प्यालेस र तारे होटेलहरुमा कुखुराको खुट्टा र मदिराको चुस्की सँग खाँदै हिन्दी र र्‍याप गीतमा
नाचेर बिकृति फैलाइएको छ।

नारीहरु धार्मिक हिसावले त सदा पूज्य नै थिए र छन। तर परम्परमा व्यवहारिक र कानूनी रुपमा अलिक कम महत्व दिएको
जस्तो देखिन्थ्यो। तीजको अवसरमा उजागर गरिएका आवाजहरुले विस्तारै व्यवहारिक र कानूनी रुप लिदै जांदा अभ्यासत: नारी
हक अधिकारहरु लेखवद्द र एकवद्द गरी सुनिश्चित गरिएको छ। अब नारिहरुको गुनासा सायदै बाँकी होलान।
त्यसैको अन्तिम रुप पनि होला अहिलेको पार्टी प्यालेस र तारे होटेलमा खाइने दर।

तर अहिले समयले कोल्टे फेरेको छ। नारीका गुनासाहरु अहिले पुरुषमा सरेको देखिन्छ। महिलाहरुले पौराणीक र परम्परागत
तीज मनाउने तरिका मोड्दै गर्दा अहिले पुरुषका गुनासोका पोकाहरु ठूला हुँदै जान थालेका छन। तर नारिहरुलाई जसरी गुनासो
पोख्ने ठाउँ पुरुषहरुलाई छैन। महिलाहरुको गुनासो पोख्ने त ठाउँ त कम से कम थियो। तर पुरुषको गुनासो सुनाउने ठाउँ पनि छैन,
सुनुवाइ पनि हुँदैन।

पुरुषहरुको गुनासो पोख्ने छुट्टै कुनै अवसर नहुने हुँदा जुन माहौल र अवसरमा नारीहरुले पहिले पहिले आफ्नो व्यथा पोख्थे त्यही
अवसरलाई सदुपयोग गर्दै अहिले पुरुषहरुको यस्ता गुनासा आउन थालेका छन।

 

-पुरुषको वेदना-
मन भित्रका कथाहरु, कहिले सम्म रोकने?,
कहाँ गई होला हाम्ले , व्यथा पोखने ? ।। ।।३।।
तीज आयो भनेर, श्री~मती माइत गै,
के गरेर विताउने हो, मैले दिन खै ।।
छोरा छोरी मामाघर, श्री~मती माइत,

ती~जमा जाने ठाउँ नै, छैन मलाई त ।।
गरेकै छु बाहिरको काम, सघा~कै छु घरधन्दा,
अझै कति गर्नु पर्‍यो मैले यो भन्दा ।।
घर दिएं, थर, दिएं, दिन्नौ तिम्ले भर पनि,
माइतै गइ खानु पर्ने, एक छाक दर पनि ।।
जमाना नि के~ आयो, काम नगरी घर खाने,
एकै दिनको तीजमा, तीस दिन दर खाने ।।
धाउदै हिड्छन पार्टी प्यालेस, अनि तारे होटल,
दर भन्दै ठड्याउछन, रक्सी बोतल ।।
मध्ये रातमा घरमा आउंछन, मदिराको झ्यापमा,
मौलिक गीत छोडेर, नांच्छन र्‍यापमा ।।
यस्तो सास्ती कहिले सम्म, भोग्नु पर्ने होला खै?,
न आए नि हुने थियो, तीज बरि~लै ।।
धन्यवाद।
शब्द संयोजन:
राजेन्द्र शर्मा(नेपाल प्रेमी), स्याङ्गजा, चापाकोट हाल नेदरल्याण्ड्स

Please follow and like us: