जनसंपर्क समिती नेदर्ल्यान्दसले लमजुङका बाडीपीडित लाई आर्थिक हस्तान्तरण

आम्स्ट्रडम,

नेपाली जनसंपर्क समिती नेदर्ल्यान्दसले लम्जुङका बाडिपीडित लाई नगद एक लाख ३६ हजार छ् सय रुपैया नेपाली काङ्रेस लम्जुङ पार्टी सभापति भेषबहादुर पौडेल मार्फत मस्र्याङ्दी गाउँपालिका वडा नं ३ तरापुस्थित पल्लोटारीका ९१ पीडित परिवारलाई हास्तान्तरण गरियो ।

जनसमपर्क समितीका कार्यसमिती तथा सल्लाहाकारहरुको सहयोगमा आर्थिक सन्कलन गरिएको थियो । प्रवासमा बसेर पनि मुलुकको दु:ख सुखमा सानो सहयोग गरी गाउ सँग आफ्नो भावना गास्ने प्रयास गरेको अध्य्क्ष्य प्रेम जङ गुरुङ ले हाम्रा सम्बाददात सँग बताएका छन ।

जनसंपर्क समिती नेदर्ल्यान्द्स ले पहिलो पटक साईप्रसमा रहेका नेपालीहरु लाई पनि ५०० युरो सहयोग गरेको थियो ।

Please follow and like us: