प्रेस संगठन नेपालको युरोप शाखा भर्चुअल रुपमा गठन

शेरबहादुर परियार,पोल्याण्ड,
प्रेस संगठन नेपालको युरोप शाखा गठन भएको छ । शनिवार भएको भर्चुअल भेलाले खिमसुहाँग चाम्लिंगको संयोजकत्वमा युरोप शाखा गठन गरेको हो ।

शाखाको सहसंयोजकमा श्याम लुईटेल (बेलायत) र सचिवमा दीपेन्द्र गजुरेल (स्पेन) छन् । यस्तै सदस्यहरुमा राजकुमार थापा (पोर्चुगल), शेरबहादुर परियार (पोल्याण्ड), प्रेम परियार, नर्वे, रवीचन्द्र भट्टराई, नरेश खपाङ्गी (बेलायत), युवराज फुँयाल (स्वीटजरल्याण्ड), कमल पराजुली (स्पेन), सरला कुमारी कट्टेल (नर्वे), विरमान घर्तिमगर (बेल्जियम), लिलामान शेरपुञ्जा (बेलायत) छन् ।

यसैगरी बिमला सेने (बेलायत)कुमार श्रेष्ठ (नेदरल्याण्ड), कलश खरेल (पोर्चुगल), अनिस त्रिपाठी (फ्रान्स), निर्मला तिवारी (स्पेन), कर्मा पहाडी (बेलायत), कृष्ण तिवारी (बेल्जियम) र बिमला लिम्बु (बेलायत) लाई सदस्यमा चयन गरिएको छ । प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालको प्रमुख आतिथ्य तथा सहसंयोजक गणेश बस्नेतको बिशेष आतिथ्यतामा सम्पन्न भेलामा वागमती प्रदेशका इञ्चार्ज विश्वमणि सुवेदी,गण्डकी संयोजक रामकृष्ण शर्मा लगायत प्रवासी नेपाली एकता मञ्चका अध्यक्षहरूको उपश्थिति रहेको थियो।
प्रेस संगठन नेपालको पहिलो वैदेशिक शाखाको रुपमा युरोपमा क्रियाशिल रहेका प्रेस संगठनमा आवद्ध सदस्यहरुलाई समेट्दै शाखा गठन गरेको हो ।

Please follow and like us: