साईप्रसमा नेपाली विद्यार्थीको मोटरसाईकल दुर्घटना परि मृत्‍यु

साइप्रसको निकोसिया शहरमा शनिबार बिहान मोटारसाइकल दुर्घटनामा परी नेपाली विद्यार्थी रेणुका कोइरालाको उपचारको क्रममा निधन भएको छ ।
उच्च शिक्षा अध्ययनको सिलसिलामा गत जनवरीमा साइप्रस आएकी कोइराला जुलाई २५ तारिक राती करिव १ देखि २ बजे काम सकेर घर फर्कने क्रममा ट्राफिक दुर्घटना भएको जनाईयको छ्। दुर्घटना लगात्तै जनरल अस्पताल पुऱ्याउँदा डाक्टरले तत्काल मृत घोषणा गरेका हुन् ।
निकोसीया प्रहरीले समेत घटनाको पुष्टि गरिसकेको छ । रेणुलाई लिएर आउने मोटरसाइकल चालकसहित मोटर साइकल प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । घटनाको अनुसन्धानको क्रममा मृतक रेणुकाको साथबाट मोबाईल सेट, आइडी कार्ड, निलो रंगको झोला, केही यूरो भेटिएको साइप्रस प्रहरीलाई उद्धित गर्दै स्थानीय नेपालीहरु बाट हामीलाई सुचना प्राप्त भएको छ् ।
साईप्रसका लागि नेपाली कन्सुलर तथा साइप्रसमा रहेका नेपाली संघ सस्थाहरु घटना कसरी भयो भन्ने बारे सत्य तथ्य अनुसंधानको माग स्थानिय प्रशासन सँग बुझ्ने कोशीश भई रहेको बताएका छन ।

Please follow and like us: