इजरायलमा भएको घटनामा १० जना नेपालीको मृत्‍यु

८ अक्टोबर , आईतवार,काठमाडौं ,

 

प्यालेस्टायनी कट्टरपन्थी समूह हमासको आक्रमणमा इजरायलमा रहेका १० जना नेपालीको मृत्यु भएको छ ।
अन्य केही घाइते भएका नेपाली राजदुतावासले जनाएको छ।

हिजो शनिवार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार आक्रमणमा परी ६०० बढीको मृत्यु भएकामा नेपाली १० जना परेका हुन् । सयौं मानिस घाइते छन् ।

इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले १० जना नेपालीको मृत्यु भएको र उनीहरुको शव नेपाल पठाउने तयारी गरिएको बताउनुभयो ।

मृत्यु हुनेको नामावली

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा रहेका बताइएको छ ।

Please follow and like us: