तामांग समाज नेदरल्याण्डसले मन्जुश्री सम्बत २८६०, डुक/मु पुख्रि/गडुल ल्हो सोनाम ल्होसार समपन्न

नयाँ कुरा , १४ , फेब्रुअरी ,बुधबार ,आमस्ट्रडम,

तामांग समाज नेदरल्याण्डसले मन्जुश्री सम्बत २८६०, डुक/मु पुख्रि/गडुल ल्हो सोनाम ल्होसार बिबिध संस्कृतिक कार्यक्रमका साथ भब्य रुपमा मनाएको छ।

 

मन्जुश्री सम्बत २८६०, डुक/मु पुख्रि/गडुल ल्हो सोनाम ल्होछारको पावन अवसरमा नेदरल्याण्डको आमस्ट्रडम शहरमा रहेको माउन्ट एभरेष्ट तन्दूरी नेपाली रेस्टुरेन्टमा नेदरल्याण्डसमा रहेका नेपालीको बाक्लो उपस्थितिमा तामांग समाजले संस्कृतिक कार्यक्रमका साथ भब्य रुपमा सोनाम ल्होसार मनाएको छ।

 

 

 

कार्यक्रममा धर्म गुरु लामा नामग्यालज्युले बौद्ध मार्गिहरुले मनाउने सोनाम ल्होसारको महत्तो र यसको विशेषताको बिषयमा मन्तब्य राख्नु भएको थियो। तामांग समुदायको ल्होसार बिशेष नाच म्हेंदो मायाको को प्रस्तुति गर्नुका साथै स्थानीय कलाकारहरुको सेलो नाच र सेलो गीतहरुको बिजोड प्रस्तुति रहेको थियो।

 

 

समाजले सोनाम ल्होसार कार्यक्रममा आर्थिक , भौतिक र नैतिक रुपमा सहयोग गर्नु हुने सम्पूर्ण तामांग तथा उपस्थित नेपाली दाजु-भाइ र संगीतकर्मी महानुभाबहरुलाई अध्यक्ष खेम तामांगले धन्यवाद ज्ञापन गरि कार्यक्रमको समापन गरिएको थियो ।

तमाङ समाजका पुर्ब अध्यक्ष पेमा लामाले तमाङ जातिको कला सस्क्रिती तथा बिदेशमा हुर्कदै गरेका नेपाली नानीबाबुहरुलाई सस्कृतिको पुस्तानतरण गराउन यस्ता कार्यक्रमहरुले मद्घत गराउने बताउनु भयो ।

Please follow and like us: