प्रसँग: एनआरएनए को आवश्यकता, खारेजी कि एकता !

नयाँ कुरा ,द हेग ,शनिबार ,१३ मे ,

यति वेला सामाजिक संजालमा एनआरएनए को सदस्यता बन्नको लागि भन्दै बिभिन्न रुपमा सूचना प्रेषित गरिएको
छ। सदस्य बन्ने कि नबन्ने?, बन्ने हो भने किन बन्ने? फेरी कुन समूह वा झुण्डको सदस्य बन्ने? भन्ने प्रश्न हामीमा उठेको
छ।
पदीय लोलुपताका लागि पहिले दुई चिरा पारेर फेरी एउटा चिरालाई ३ ठाउमा भाचेर ओदान खुट्टा हालेर चल्न
नसक्ने बनाइएको छ भने अर्को खुट्टा पनि चल्न नसकेको अवस्थामा छ। नेपालीहरुको साझा संगठनको रुपमा रहेको यो
संगठन यसरी चल्न सक्दैन, चल्नु पनि हुँदैन। एनआरएनए लाई एकताको सुत्रमा बाधेर नयाँ जीवन दिनको लागि
नयाँ शिराबाट सोच्नु पर्ने बेला आएको छ।
पूजाको प्रसाद झै बाडिएको पद खानेहरुले एकता गर्दा दानबाट प्राप्त पद फुस्किने भएकोले एकताको कुरा गर्न पक्कै
दिदैनन। नत्र यो २-२ बर्ष रमिते बनेर बस्ने थिएनन। यिनिहरुलाई केही काम गरुं भन्ने पनि छैन। यिनले गर्ने काम पनि
छैन। छ त केवल अधिवेशनका बेलामा नेताका छेउमा खिचाएका फोटा पोष्ट गरेर जन्मदिनको शुभ-कामना दिएर
नेता हरुसँग निकट भएको कुरा फेसबुकमा जताए पुग्यो। नयाँ बर्ष र त्यस्तै चाडवाड मा एउटा पोष्टर बनायो आफ्नो
पद खुलायो फेसबूकमा राख्यो। त्यो बाहेक यिनको कामै के छ? टिके पदाधिकारीहरुको यो रवैयालाई अब हामीले
हेरी रहनु हुँदैन, मिल्दैन।
कि त यसलाई एकतामा गासेर सबैलाई एकतावद्द गरेर बलियो संस्था बनाउन तिर लाग्नु पर्छ । कि यो संगठन पूर्णत
खारेज गरेर कमाउन गएका नेपालीहरुलाई यो हुँदो न खादो को संगठन बाट बाहिर निकालेर व्यक्तिगत जीवन उकास्न
तर्फ लाग्न दिनु पर्छ ।
पदकै लागि दुइटा एनआरएनए चाहिएको हो भने किन दुइटा मात्र बनाउने? अरुलाई पनि छ नि पद प्राप्त गर्ने मन।
पद प्राप्त गर्ने मात्र हो र अहिलेका टिके पदाधिकारी जस्ता पदका लागि पद धारण गर्ने मात्र नभै काम गरेरै देखाउने
खुवी भएका पनि छन नि अरु पनि। तसर्थ आउनोस अरु धेरै झुण्डका देशीय एनआरएनएन बनाऔं। सबैलाई पदीय
जिम्मेवारी दिउं। सबैले आ-आफ्नो पदीय जिम्मेवारी निभाउंदै गर्दा समाजलाई केही न केही योगदान त पक्कै होला।
दुई मूल धार मधेको एउटा धार जम्बो टिम भनेर चिनिने ओदान एनआरएन भित्र पनि असन्तुष्ट पक्षको उपधार
मातहतमा एनआरएनए बनाउने कोही हुनुहुन्छ भने र आफ्नो झुण्डको आइसिसी चाहनु हुन्छ भने जानोस सबै
देशहरुमा आफु मातहतका एनसीसी गठन गर्नुस्। हामी सदस्य बन्दिन्छौं। त्यसै गरी मूल धारमधेको अर्को धार अर्थात
घले समूह भनेर चिनिने समूहले आफु मातहतको एनसिसी गठन गर्न चाहनु हुन्छ भने आउनोस। हामी बन्दिन्छौ
सदस्य।
भिजे पछि रुझ्न के डर ? भने झै केन्द्र मा दुइटा एनआरएनएन र दुई मध्येको एउटामा फेरी ३ धार हुँदै गर्दा हामी
एनसीसी सदस्यहरुले किन एउटामा मात्र सिमीत हुने? त्यति मात्र होइन यहाँ गठन हुने एनसिसी मा सबैलाई
पदाधिकारी मै राखिनेछ।
यति गरी सक्दा या त सबैले पदीय दायित्व निर्वाह गरेर एनआरएनए प्रति सबैको मोह बढ्नेछ, या त एनआरएनए
प्रतिको मोह घटेर हामी एनआरएनए फ्री हुनेछौं। या त केन्द्रले यि सबै झुण्डलाई सम्बोधन गर्दै एकताको सुत्रपातको
अवधारणालाई अनुशरण गरेर एकताको पहल गर्नेछ। सबै टिके पदाधिकारीहरुलाई पदमुक्त गरी वास्तविक
एनआरएनए अभियान्ताहरुलाई पुन क्षमता अनुसारको पदीय जिम्मेवारी र कार्यभार सुम्पनेछ।
तसर्थ आउनोस सबै देशमा सकेसम्म धेरै एनआरएनए गठन गरौं।
यो समाचार र आव्हानलाई आत्मासाथ गरेर कुनै पनि धारका एनआरएनए पक्षले हामी सँग संपर्क गरेर आफु
मातहतका एनआरएनए गठन गर्ने इच्छा वा पहल गरेमा हामी साथ दिनेछौं। पहिलो संपर्कको आधारमा पहिलो
प्राथमिकता हुनेछ।

हामीलाई आशा छ हाम्रो यो पहल एनआरएनए एकताको पहलमा कोशे ढुङ्गा सावित हुनेछ। यदि एकता भएन भने
यो झुण्ड झुण्ड एनआरएनए प्रति बितृष्णा पैदा गरी हामीलाई बिना एनआरएनए को उही पुरानै नेपाली समाजको
एकतामा बांधेर लैजान सहायक सिद्द हुनेछ।
जय एकतावद्द नेपाली समाज।
विचार: राजेन्द्र शर्मा(नेपाल प्रेमी) नेदरल्याण्ड्स।

Please follow and like us: