स्टोरीटेलर साईग्रेस पोख्रेलले आमस्ट्रडममा कथा -उपन्यास प्रस्तुती गर्ने

नयाँ कुरा ,सोमबार ,५ फेब्रुअरी,आमस्ट्रडम,

 

११ फेबरुअरी २०२४का दिन आमस्ट्रडम शहरमा सुरिलो स्वरका धनी साईग्रेस पोख्रेलले आफ्नो कथा उपन्यास प्रस्तुती गर्ने भएका छन ।

पोखरेलले WORLD TOUR WITH SAIGRACE  कार्यक्रम यात्राको क्रममा आमस्ट्रडम शहरमा आफ्नो प्रस्तुती गर्ने भएका छन । युटुबमा नेपाली स्टोरीटेलरका रुपमा युबा युबतिहरु बिच निकै नै चर्चामा छन ।

कथा उपन्यास लाई युटुब मार्फत पछील्लो समय बिशेष गरी युबा युबती हरुले मन पराएको स्वर हो साईग्रेस ।

साईग्रेसले आफ्नो उपन्यासलाई तथा बजारमा बिशेष चर्चामा रहेका कथा उपन्यास लाई बाचन गर्ने गर्दछन ।

आमस्ट्रडमको कार्यक्रम नेपाली लाइफ केयर फाउण्डेसनले ब्यबस्थापना गरेको छ ।

कार्यक्रम – ११ फेब्रुअरी २०२४ ,समय -१४:०० ,स्थान-ZONNEHUIS,ZONNEPLEIN 30,1033EK ,AMSTERDAM हुने छ ।

Please follow and like us: