एन आर एन ए कार्यालयमा घटनामा संलग्न युवासंघका कार्यकर्ता पक्राउ

नयाँ कुरा,२,नोबेमबर, बिहिबार,काठमाडौँ ,

११ औँ विश्व सम्मेलनपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद बढिरहेका बेला बद्री केसीले द्वन्द्वलाई बढाउने खालको गतिविधि थालेका छन् ।

उनले खुलेआम रुपमा नेकपा एमाले र सो पार्टीको युवा दस्ता युवासंघलाई संघको आन्तरिक विवादमा प्रयोग गर्न थालेको खुलेको हो । मंगलबार संघको कार्यालयमै एमालेका नेता महेश बस्नेत र युवासंघका नेता कार्यकर्तालाई भेला गराएका ब्रदी केसीले आन्तरिक रुपमा एमालेको सहयोग मागेर गुण्डा परिचालन थालेका हुन् ।

जसअनुसार मंगलबार नै बद्रीको निर्देशनमा युवासंघका कार्यकर्ताहरुले गैरआवासीय नेपाली संघका अध्यक्ष आरके शर्मालगायतमाथि दुव्र्यवहारका साथै बेल्जियम निवासी पत्रकार ओम शर्मामाथि सांघातिक आक्रमण गरेका थिए । सो आक्रमणको बद्री केसी पक्षधरबाहेक विश्वभरका एनआरएनएहरुले विरोध गरिएको बेला बद्रीले भने थप अराजकतालाई प्रशय दिइरहेका हुन् ।

स्रोतका अनुसार बद्रीले एमाले नेता महेश बस्नेतलाई आरके शर्मा समूहलाई दवावमा राख्न जिम्मा दिएका छन् । जसअनुसार बस्नेतले युवासंघका कार्यकर्तालाई आवश्यक निर्देशन दिँदै परिचालित हुन दिर्नेशन दिएका छन् । प्राप्त विवरणअनुसार बस्नेतले पनि पर्शुराम बस्नेत नाम गरेका युवासंघका कार्यकर्तालाई यसको जिम्मा दिएर आफूले आवश्यक सहजीकरण गरिरहेका छन् ।

स्रोतका अनुसार उनले मंगलबारको योजनाबारे केही कार्यकर्तासँग सोधखोज समेत गरेका थिए । ‘पर्शुले भन्यो नि भोलिको सबै प्लान एनआरएनए कार्यालयको ?’, उनले ती कार्यकर्तालाई सोधेका छन् । बस्नेतले आरके र उनको साथमा २–४ जना कार्यालयमा आउने भन्दै मिलाएर काम गर्न निर्देशन दिएका छन् । उनले काम गर्न होसियारीका साथ गर्न निर्देशन दिँदै बद्री केसीलाई भने अप्ठ्यारो नपार्न समेत निर्देशन दिएका छन् । बस्नेतले बद्री केसीलाई पार्टीकै मान्छे भन्दै ‘कमरेड’ को सम्बोधन समेत गरेका छन् ।

यस विषयमा बस्नेतलाई पटक पटक सम्पर्कको प्रयास गर्दा उनको फोन उठेन । यसरी बद्रीले एमालेको साथ मात्रै मागेका छैनन् गुण्डागर्दीको समेत सहारा लिएपछि एनआरएनए अभियन्ताहरु आक्रोशित बनेका छन् । उसो त महेश बस्नेतले सार्वजनिक रुपमै एमालेबाहेकलाई धम्कीपूर्ण भाषाको प्रयोग गर्दै आएका छन् । बुधबार बस्नेतको आधिकारिक फेसबुकमा पोस्ट भएको भिडियोमा उनले कसैलाई पनि नछाड्ने धम्की दिएका छन् ।

मंसिर ७ गते माइतीघरमण्डलामा महंगी, भ्रष्टाचार, अपराध र अराजकताविरुद्ध युवा संघले गर्ने विशेष कार्यक्रमको तयारीमा बस्नेतले कुनै पनि अराजकतावादीलाई ‘अचार’ बनाउने धम्की दिएका छन् । ‘एमालेका अध्यक्ष केपी कमरेड, एमालेका नेताहरु, हाम्रो पार्टी, हाम्रो कार्यकर्ता, युवासंघका नेता कसैलाई कहीँकतै अनावश्यक लाञ्छना लगाउने, अनावश्यक आरोप लगाउने, दुःख दिने काम भयो भने जल्लाई पर्दा पनि बारुलाको गोलाजसरी जाने’, बस्नेतले धम्कीपूर्ण भाषामा भनेका छन्, ‘देशभरीका आठ लाख कार्यकर्ता जसलाई पर्छ गइहाल्ने ।

अब तपाईँलाई पर्दा त झन् केके गर्ने हो गर्ने, गरेपछि जानकारी दिने ।’ उनले कार्यकर्तालाई हौस्याउँदै अगाडि भनेका छन्, ‘गर्न सकेनौँ, हामीले हार्यौँ कुटाइ खायौँ भन्ने होइन ।’ बस्नेतले सरकार, सरकारको आडमा भएका तत्वहरुलाई नछाड्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘अराजकतावादी र अपराधीकरण गर्नेहरु सबैलाई राज्य र सरकारको सहयोग लिने, साइबर ब्युरोमा मुद्धा हाल्ने, प्रहरीमा मुद्दा हाल्ने, उसलाई थुन्ने । हामीलाई च्यालेन्ज गर्नेुहरु जोसुकै होस् सबैलाई नोटिस गरेर कानुनी कारबाहीमा ल्याउने,’, बस्नेतले भनेका छन् ।

युवासंघको अराजक गतिविधि र यहीबीचमा बद्री केसीले उसकै सहारा लिन थालेपछि थप आशंका पैदा भएको छ । उसो त मंगलबारको घटनामा युवासंघको संलग्नता प्रहरीबाटै पुष्टि भइसकेको छ। एनआरएनएको कार्यालयमा पत्रकारमाथि कुटपिटका साथै आरके शर्मालगायतमाथि दुव्र्यवहारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेपछि यो पुष्टि भएको हो। पक्राउ पर्नेमा उदयपुर घर भएका युवा संघका कार्यकर्ता दीपेन्द्र तामाङ रहेका छन् ।

उनलाई बिहीबार राजधानीको गौरीघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए । युवा संघका कार्यकर्ताले बालुवाटारस्थित संघको कार्यालयमा बेल्जियम निवासी पत्रकार तथा एनआरएनए अभियन्ता ओम शर्मामाथि आक्रमण गरेका थिए । सो घटनाको अनुसन्धानका संघको कार्यालयमा रहेको सीसीटीभी फुटेज मगाएर अनुसन्धान गर्दा उनको संलग्नता देखिएको प्रहरीको भनाइ छ । यस्तै सोही घटनामा एनआरएनएका अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीलगायतमाथि पनि दुव्र्यवहार भएको थियो । सो घटनापछि पीडित ओम शर्माले उजुरी दिएका थिए ।

यस्तै आरके शर्माले पनि अर्को छुट्टै उजुरी दिएका थिए । संघको कार्यालयमा निर्वाचित अध्यक्ष बद्री केसीले युवासंघलाई बोलाएर कार्यक्रम राखेका थिए भने सोही कार्यक्रममा आरके शर्मालगायतमाथि आक्रमण गर्ने योजना बनेको खुलिसकेको छ ।

सो कार्यक्रममा एमाले नेता महेश बस्नेत नै सहभागी थिए । ११ औँ महाधिवेशनमा धाँधली गरेर बद्री केसीले चुनाव जितेपछि आरके शर्माले आफू आधिकारिक रहेको बताउँदै आएका छन् ।

Please follow and like us: