नेदरल्याण्डसको राजधानी आमस्ट्रडम शहरमा आईतबार १० सेप्टेम्बरका दिन नेपाल डे भब्य रुपमा समपन्न

नयाँ कुरा आईतबार ,१७ सेपटेमबर ,आमस्ट्रडम,

नेदरल्याण्डसको राजधानी आमस्ट्रडम शहरमा आईतबार १० सेप्टेम्बरका दिन नेपाल डे बिभिन्न सुचनात्मक ,मनोरन्जनात्मक तथा सास्कृतिक कार्यक्रम साथ भब्य रुपमा मनाईएको छ ।
नेपाली कला सस्कृतिक,पर्यटन , योग ध्यान तथा सास्कृतिक कार्यक्रम सहित बिभिन्न नेपाल चिनाउने कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

नेपाल बिकास प्रतिस्ठान ,नेपाल म्युजिक फाउण्डेशन नेपाली ब्यबसायिक संघ नेदरल्याण्डस ,नेपाली राजादुताबास सँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
नेपाली कन्सुलेट आमस्ट्रडम, आमस्ट्रडम नगरपालिका , एन आर एन ए नेदरल्याण्डस तथा नेदरल्याण्डसमा रहेका बिभिन्न संघ सस्थाहरुको पनि सहकार्य रहेको थियो ।

आयोजक संघहरुले नेपाली सास्कृतिक कला र सस्कृतिकलाई स्थानिय सस्थाहरु सँग समबन्ध बिस्तारमा कोषेढुङाको सुरुवात भएको बताईएको छ ।
कार्यक्रम आमस्ट्रडमको थिएटर हल (‘t Zonnehuis) मा दिनको १२:३० बजेबाट शुरु भै साँझ १८:०० बजे चलेको थियो ।

नेपालका भौगोलिक मौलिक सस्कृति ,गौतम बुद्धको जन्मथलो र संसार कै उच्च सिखर सगरमाथा झल्किने गरि गौतम बुद्धको आदर्श तथा जीवनसैली र विना अक्सिजन सगरमाथा आरोहणमा बनाईएको फिल्मको पनि प्रदर्शनी गरिएको थियो ।

नेपाल म्युजिक फाउण्डेशनले नेपाली कला सस्कृति र परम्परालाई डच समुदायको सामु पुग्ने गरि नेपाली नृत्य , संगीत र भेषभुषा पनि प्रदर्शनि गरेको थियो । सास्कृतिक , जातियता र लैङ्गिक रुपले अनेकतामा एकताले भरिपूर्ण मुलुकको गौरवशाली पहिचानको प्रबर्धन गर्न ढाका टोपी ,दौरासुरुवाल , गुरुङ तथा तामाङ ,भेष -भुषा , सास्कृतिक र संस्कारको पनि पर्दर्शनी गरिएको थियो ।

कार्यक्रमलाई नेपालीमय बनाउन आ-आफ्नो मौलिकता झल्किने गरि भेषभुषामा नेदरल्याण्डसबासी नेपालीहरुको बाक्लो उपस्थित रहेको थियो ।

नेदरल्याण्डसमा रहने नेपाल र नेपाली समुदायलाई बिशेष योगदान पुर्याएका डचहरु तथा नेपाली समुदायका सामाजिक ब्यक्तिहरुलाई नेपाली राजदुताबासको तर्फबाट सम्मान गरिएको छ ।

सम्मानित ब्यक्तित्वहरुमा अनिश गिरी, मार्टन ओल्टहोफ, डा. निरन्जन ढकाल, रोबेर्ट भन माओरिक, डा. बाल गोपाल श्रेष्ठ, मार्लिस बेक्स, डा अर्बिन्दमान तुलाधर, विल्को भन रोइयन, डि पि शर्मा मैनाली , काच्या स्तार्च्यस, शर्मिल शर्मिला, हेन्क होख्हाउस, शारदा बराइली, रेनात स्वार्च, हरी पौडेल र शशी पौड्याल रहेका थिए । सामाजिक, बैज्ञानीक, खेलकुद तथा परोपकारी क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्नु भएकोले महामहिम राजदूतको हातबाट उहाँहरुलाई प्रमाणपत्र सहित मायाको चिनोले सम्मानित गरिएको थियो ।

हाम्रा समबाददाता सँगको कुराकानीमा मुल आयोजक समिती समयोजक शशी पौड्यालले नेपाली समुदाय र नेदरल्याण्ड्सको स्थानिय समुदाय बिच एकअर्काको कला – सस्कृति सँग घुलमिल गर्न यस्ता कार्यक्रमहरुले मद्दत गर्ने र आगामी दिनहरुमा पनि निरन्तर रहेन बताउनु भयो ।

गैरआवासिय नेपालीहरुले व्यवसायिक सफलता हासिल गरेको र दोस्रो पुस्ताका वालवालिकाहरुले नेदरल्याण्ड्समा शैक्षिक सफलताको शुरुवाती अवस्थामा रहेको छ ।

आमस्ट्रडम नगरपालिका नोर्थ कि पूर्व-सभापति एर्ना बेरन्सले नेपाली समुदाय प्रति गर्व गर्दै नगरपालिकाले नेपाली समुदायलाई साथ र सहयोग गर्न पनि तयार भएको बताउदै “नेपाल डे” जस्तो गरिमामय कार्यक्रममा बोल्न र प्रतिनिधित्व गर्न पाउदा खुशी पनि व्यक्त गरेका थिए ।

गौतम बुद्धको आदर्श विद, लेखक तथा भज्र फाउण्डेशनका संस्थापक मार्टन ओल्टहोफले आफुले गौतम बुद्धले गरेको तिर्थयात्रा आफूले पनि गरेको र त्यसको बारेमा किताव प्रकाशन गरेको जानकारी गर्दै भज्र फाउण्डेशन माफर्त शिक्षा र स्वास्थ्यको क्षेत्रमा दर्जनौ परियोजनाहरु नेपालमा सफलता पुर्वक सम्पन्न गरेको बताएका थिए ।


सिङ्गिङ बोल प्रशिक्षिका सावु पौडेलले दर्शकहरुलाई सिङ्गिङ बोल मेडिटेसन सानोद कुलुको साथमा दिएकी थिइन् ।

व्यापारी तथा च्यारिटी संस्थाहरुले कार्यक्रम हलको वरिपरी स्टलहरु राखि आ-आफ्नो नेपाली वस्तुहरुको व्यापार, पर्यटन र संस्थागत प्रवर्धन गरिरहेका थिए भने हल बाहिर हिमालय किचन रेस्टुराँले नेपाली खानाको व्यवस्था गरिरहेको थियो ।

कार्यक्रमको बिचबिचमा नेपाली सांस्कृतिक विविधता झल्किने गरि तामांग समुदाय लगायतको नृत्य र संगीतको प्रस्तुतिले दर्शकहरुलाई नेपाली रङ्गिन संस्कृतिमा ढाली रहेको पाइन्थ्यो

सामुहिक रुपमा सिङ्गो नेपाली संस्कृति झल्किने गरि विभिन्न कलाकारहरुले संगीत, नृत्य र जातीय तथा सामूदायिक भेषभूषा प्रदर्शनी गरेका थिए ।

शर्मिला प्रधानले कार्यक्रमको रुपरेखा, लक्ष्य, उद्देश्य , सहकार्य साथै स्वागत मन्तब्य,बास दे नाइस र सुर्य राज गिरीले कार्यक्रम सन्चालन ,मन्च तथा कलाकार व्यबस्थापन सावु पौडेल, प्रविधि व्यवस्थापन शरद जोशी र राजेन्द्र शर्मा(नेपाल प्रेमी)ले गरेका थिए ।

Please follow and like us: