गैर आवासिय नेपाली संघ ११ औ महाधिबेशनका लागि अध्यक्षका प्रत्यासी बन्नलान त? महेश श्रेष्ठ

आईतबार ,९ सेप्तेम्बर, नयाँ कुरा ,काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्, विश्व सम्मेलन आगामी कार्यकाल (वर्ष २०२३ देखि २०२५ को कार्यकाल) को महाधिवेसनको मिति नजिकिदो छ । एनआरएनएमा अहिले चुनावी चर्चा र नेतृत्वका लागि दाबेदार बनेका उम्मेदवारहरुको लेखाजोखा भइरहेको छ ।

 

यसमा पनि अहिले सबैको चासो भने आगामी कार्यकालका लागि अध्यक्ष पदमा को बिजयी होला भन्ने रहेको छ । मतदानको मिति नजिकिदै जाँदा अहिले अध्यक्षका उम्मेदवारहरुको चर्चा र को बिजयी होला भन्ने अनुमान पनि तीब्र भइरहेको छ ।

 

डायस्पोरामा बसोबास गर्ने प्रायः सबै नेपालीको चासो अहिले यही चुनावमा केन्द्रित भएको छ । आसन्न निर्वाचनमा अध्यक्ष पदको लागि प्रत्यासी संख्या धेरै भए पनि विशेषगरी जापान बाट महेश श्रेष्ठ, कतारबाट आरके शर्मा , रसियाबाट बद्री केसी ले उम्मेदवारी दर्ता गरेर प्रतिस्पर्धामा होमिने अनुमान छ ।

 

अहिले अध्यक्षमा महेश श्रेष्ठ , आर के शर्मा, रविना थापा , बद्री केसी , हेमराज शर्मा, विनय अधिकारीले उम्मेद्बारी दिने बताएका छन् । अध्यक्षमा सबै उम्मेदवारले आफ्नो दाबेदारी प्रस्तुत गर्दै चुनावी अभियान सञ्चालन गरिरहेका छन भने उनीहरुले विभिन्न एनसीसी भिजिटलाई तिब्रता दिएका छन्।

 

हाल उम्मेदवारी दिएका उम्मेदवारहरु मध्ये एनआरएए उपाध्यक्ष महेश श्रेष्ठ सबैभन्दा अगाडि देखिएको एनआरएनए अभियन्ताहरुको बुझाई छ उनको एजेण्डा, चुनावी अभियान अझै भन्नुपर्दा राष्ट्रिय समन्वय परिषदमा यसपाली डेमोक्रेटिक धारका व्यक्तिहरूको जीत बढी भएको र प्रतिनिधिको संख्या पनि डेमोक्रेटिक धारका व्यक्तिहरु बढी भएकाले आफ्नो जीत हुनेमा श्रेष्ठ आशावादी छन् किनभने उनी आफै नेपाली कांग्रेस निकट मानिन्छन्। त्यसो त उनलाई अध्यक्ष कुल आचार्य, पूर्व अध्यक्ष कुमार पन्त, जीवा लामिछानेको पनि समर्थन रहेको छ त्यसोत हालसालै अर्का अध्यक्ष उम्मेदवार केशव पौडेलले आफू श्रेष्ठलाई अध्यक्ष ल्याउनको निमित्त समर्थन गरेका छन्।

 

श्रेष्ठ गैर आवसीय नेपाली संघका लामो समयदेखि सक्रिय रूपमा सामाजिक कार्य गर्दै आएका छन्। पर्वत घरभई हाल जापानलाई कर्मथलो बनाएका उनी हाल उपाध्यक्ष पदमा आसिन छन्। एनआरएन समुदाय लगायत विभिन्न देशमा रहेका नेपालीहरु माझ श्रेष्ठ समन्वयात्मक भूमिका निर्वाह गर्ने अभियन्ताको रुपमा परिचित छन्। एनआरएनएमा नेतृत्वले सबैमा मिलाउन नसक्दा अभियानमै नकरात्मक असर देखिएको थियो। विश्वमा रहेका नेपालीलाई विभाजन भन्दा जोड्ने प्रयत्नकोलागि अध्यक्षमा उम्मेद्वारी प्रस्तुत गर्न लागेको उनले बताए।

 

विश्वका विभिन्न ठाउँमा छरिका पुराना र नयाँ सबै एनआरएनहरुलाई जोडेर कार्यसमिति बनाउने अध्यक्षका प्रत्यासी श्रेष्ठ बताउँछन्। मध्यपूर्वमा श्रेष्ठको भव्य स्वागत एनआरएनए भावी अध्यक्षको रूपमा हेर्दै आएका श्रेष्ठ मध्यपुर्व क्षेत्रीय भेला सहभागी हुन कतार , ओमन र युएईको भ्रमण गरेका थिए।

 

भ्रमणको क्रममा त्यहा स्थित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका पदाधिकारी लगायत जनसम्पर्क समितिका टीम संग भेटघाट गर्दै आफ्नो एनआरएनए अध्यक्षमा उम्मेदवारी दिनुको उद्देश्य र योजना सहित छलफल गरेका थिए त्यस्तै ओमनमा उनले मध्य पूर्व भेलालाई सम्बोधन गर्दै अबको भावी एनआरएनए कस्तो हुनुपर्ने स्पष्ट पारेका थिए। युएईमा पुगेर गरे एनआरएनए अध्यक्षमा उम्मेद्बारी घोषणा पर्वत समाज युएईको कार्यक्रममा सहभागी हुन पुगेका महेश श्रेष्ठले एनआरएनए एघारौं महाधिवेशनको लागि आफूले अध्यक्ष उम्मेदवारी दिने बताएका थिए।

 

उनलाई पर्वत समाज यूएई , जनसम्पर्क समिति लगायत बिभिन्न शुभेच्छुक संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। त्यस्तै महेश श्रेष्ठ केही दिनपछि चुनावी अभियानलाई दुर्त गतिमा अगाडि बढाउन एसिया प्यासिफिक र युरोप जाँदै छन् उनी र उनको टीम कम्बोडिया, मलेसिया ,हङकङ, मकाउ ,दक्षिण कोरियामा प्रतिनिधिहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ त्यस्तै युरोपमा आफ्नो चुनावी अभियान सक्काएर मध्यपुर्व साउदी अरब, बहराइन लगायत देशमा जाने कार्यक्रम तय भएको छ।

गैर आवासिय नेपाली संघ ११ औ महाधिबेशनका लागि अध्यक्षका प्रत्यासी बन्नलान त? महेश श्रेष्ठ अस्ट्रेलियाको भर्मण सकी कथामाण्डु फर्केर १५ सेप्टेमबरका दिन समर्थकहरुको सुझाब सन्कल गरी आफ्नो अधिकारिक उम्मेदवारी घोषणा गर्ने बुझिएको छ ।

Please follow and like us: