नयाँकुरा डटकम बामेसर्दै नेदर्ल्यान्द्समा

नयाँकुरा डटकम नेदरल्याण्डमा (बिदेशमा) बसोबास गर्ने उत्साही युवा तथा शुभेक्षुक नेपाली जनसमुदाय को पहलमा संचालित एक अनलाइन पत्रिका हो।हाम्रो प्रयास खबरमा मिठास भन्ने सिद्दान्त लिएर सञ्चालनमा ल्याइएको यस अनलाइन पत्रिका मार्फत हामी हरेक पल नेपाली कला,सस्कृति, साहित्य ,संगीतका ताजा सत्य तथ्य समाचार , सूचनाहरु तथा मनोरंजनात्मक गतिबिधिहरुको बास्तबिक बिबरण तथा बिचार बिमर्श यसमा समेटने हाम्रो प्रयास हुनेछ। नयाँकुरा डटकम नेपाल र नेपाली लाइ माया गर्ने हरेक बर्ग र क्षेत्र को सम्मान गरी, नेपालीहरुको कुनै पनि बैचारिक भेदभाब नगरी, सबै जात,धर्म ,बर्ण,लिंग सबैलाई समेटी, नेपाली भाषा ,साहित्य ,धर्म,कला ,सस्कृति हरुको प्रचार प्रसार गर्ने एउटा माध्यम बन्ने छ।

च्याउ झै उम्रिएका अनलाइन पत्रिकको भिडमा हामी फरक सोच,उत्साही हातहरु र नबीन शैलीका साथ उपस्थित भएका छौ। संचार माध्यम परिबर्तन को शसक्त बाहक हो। बिश्वका ऐतिहासिक परिबर्तनमा संचार जगतले खेलेको भूमिका अहम छ भन्ने कुराललाई कसैले नकार्न सक्दैन तसर्थ नयाँकुरा डटकम मार्फत हामि नेपाल को संचार क्षेत्र मा मात्र होइन आमक्षेत्रमा बिकाश को एउटा इट्टा बन्ने कोशिस गर्ने छौ ।

हामी बिबिध कारणले बिदेशिए पनि आफु जन्मेको गाउँ,घर,खेलेको हुर्केको आँगन, आफु हिडेको बाटो, पाखा,पखेरा र आफ्नो माटोको माया सबैलाई हुनु स्वभाबिक नै हो।जहा भएपनि आफु जन्मिएर हुर्केको त्यों प्यारो जन्माभूमि को माया हाम्रो हृदयको कुनै न कुनै कुनामा एउटा मिठो स्मृति बनेर बसेको हुन्छ।यहि जन्मभूमि प्रति को भावनाको प्रतिबिम्ब हो नयाँकुरा डटकम।भौतिक स्वरुपमा हामी सात समुन्द्र पारी नै भएपनि संपूर्ण नेपालिबासी हरुको भावनात्मक समीप्यता र एकता निर्माण गरौ।

हाम्रो जन्म भूमिको स्मरण गरौ।हाम्रा पाखा-पखेरा र कुना-कन्दरा मा छरिएका अपार सम्भावनाहरुको खोजी गरौ, बिचार,बिमर्ष गरौ,अनुभब हरु साटासाट गरौ,यही चाहना छ नयाँकुरा डटकम को।

पत्रकारिता आफैमा सूचनाको एक परिबर्तित मुहान हो। जसले सदैब निस्पक्ष सत्यताको साथमा रहेर बिशुद्ध मनोरंजन मार्फत मानब समाजलाई न्यायको सफलता दिलाउछ /हामी त्यही मुहानमा पानी थप्न चाहन्छौ।निर्भीक,खोजपूर्ण र सत्य तथ्य खबर प्रस्तुतिको यात्रामा न हामी कहिलै रोकिने छौ न त कहिल्यै थाकिने छौ।खबरको रफ़्तारमा निरन्तर बगिरहनेछ नयाँकुरा डटकम।
यो यात्राका पाइलाहरुमा यहाँहरुको यथोचित साथ,सहयोग ,सल्लाह ,सुझाब र शुभेक्षाको सदा अपेक्षा गर्ने छौ हामी।हाम्रा राम्रा कामहरुको लागि प्रसंसा गर्नुहोस जसले हामीलाई ऊर्जा प्रदान गरोस,कतै अन्जनबस गल्ति भएमा रचनात्मक सुझाब दिनुहोस् जसले हामीलाई सही मार्ग निर्देश गरोस ,जय मातृभूमि !

 

Please follow and like us: