दर्शकले रूचाए ,तिज गित “चट्ट लोकल कुखुरो”

गितसंगितमा बुढाबुढी बाआमा देखी आजका नयाँ पुस्ता समेतको मोह उतिक्कै छ । पछिल्लो समय लोकसंगीत क्षेत्रका एक हस्ती साथै देशका हरेक गतिबिधीलाइ गित मार्फत बजारमा ल्याइ चर्चा बटुली रहेका कलाकार पशुपति शर्माको यतिबेला तिज गितले बजार तताएको छ ।

“चट्ट लोकल कुखुरो”बोलको उक्त तिज गीतमा पशुपती शर्मा र चर्चित गायिका सिता श्रेष्ठको स्वर रहेको छ भने शब्द संगीत पशुपती शर्माकै रहेको छ।

बिशेष गरी फरक धारका गीतसंगित सृजना गर्ने पशुपती शर्माको यो गीतले पनी राम्रो सफलता हात पार्ने देखिन्छ। हिजो साँझ मात्रै सार्वजनिक भयको उक्त गीत २४ घण्टा नपुग्दै यूटूबमा २ लाख भन्दा बढी पटक हेरिएको छ।

गित इनेपाल खबर डटकमका संस्थापक अध्यक्ष राजन क्षेत्रीकाे निर्माणमा बजारमा अाएकाे हाे ।

भिडियोमा पशुपती शर्मा,निरु खड्का,निर आले मगर,अस्मिता राना लगायतका कलाकारहरुको अभिनय रहेको छ भने भिडियोलाई निर्देशन दुर्गा पौडेलले गरेका हुन,त्यस्तै छायांकन दुर्गा पौडेल र सम्पादन नविन घर्ती मगरले गरेका हुन्।

Please follow and like us: