गैर आवासिय नेपाली संघ नेदरल्याण्डसले विश्व साईकलयात्री महर्जनलाई आमस्ट्रडममा न्यानो स्वागत

नयाँ कुरा,आमस्ट्रडम , बिहिबार ९ मार्च ,

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डसले विश्व साईकलयात्री ज्ञान महर्जनलाई नेदर्ल्यान्डसको राजधानी आमस्टरडममा स्वागत गरेको छ |

नेपालको ललितपुर निवासी महर्जनले बिगत १० बर्ष देखि जलवायु परिवर्तनको सचेतना कार्यक्रम लिएर विश्व साईकल यात्रामा छन् |

नेपालबाट साईकल मार्फत विश्व यात्रा सुरु गरेका महर्जनले भारत हुदै एसियाका विभिन्न राष्ट्रहरुमा जलवायु परिवर्तनको सचेतना कार्यक्रम लिएर विश्व यात्रामा निस्किएका हुन् | युरोपका विभिन्न देशहरुको यात्रा गर्दै आज नेदरल्याण्डसको  राजधानी आमस्टरडम आईपुगेका हुन् |

नेपालबाट भारत हुदै एसियाका विभिन्न राष्ट्रहरुमा जलवायु परिवर्तनको सचेतना कार्यक्रम लिएर विश्व यात्रामा निस्किएका हुन् | युरोपका विभिन्न देशहरुको यात्रा गर्दै बुधबार नेदरल्याण्डसको राजधानी आमस्ट्रडम आईपुगेका थिए |

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डसका अध्यक्ष मिम पुर्जा, उपाध्यक्ष खेम सापकोटा, महासचिव सिता थापा साथै जनसम्पर्क समिति नेदरल्याण्डस महासचिव शान्ति थोकर लगायतले विश्व साईकल यात्री महर्जनलाई स्वागत गर्दै मायाको चिनो प्रदान गरेका थिए |

Please follow and like us: