आमस्ट्रडममा नेपाली महिलाहरुले नेपाली पोशाकमा ११३ औ अन्तराष्ट्रिय नारी दिवस मनाए

नयाँ कुरा , नेदरल्याण्डस , मार्च १०,

११३ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेदरल्याण्डसमा रहेका नेपाली महिलाहरुले नेपाली पोशाकमा बिदेशी  महिला सँगै सामुहिक रुपमा अन्तराष्ट्रिय नारी दिवस मनाएका हुन ।

बिदेशी भुमिमा महिलाहरुको हक र अधिकारका निम्ति महिला दिदी बहिनिहरु एक ढिक्का भएर सामाजिक बिकृति र विसंगति बिरुद्ध अगाडी बढ्नु पर्ने आजको आवस्यकता र चुनौतीमा बहस भएको थियो ।

स्वदेश तथा बिदेशमा रहेका नेपाली महिला दिदी बहिनिहरु कुनै पनि बाहानामा पिडित हुन नपरोस भन्ने सन्देश दिनपनि नारी दिवस मनाउनुपर्ने सहभागीहरुको तर्फबाट नेपाल म्युजिक फाउण्डेसनकि सदस्य तथा नेपाली भाषा संचालक संयोजक अम्बिका गिरीले हाम्रा समबाददाता सँगको कुराकानीमा बताउनु भएको छ ।

 

सामाजिक सुरक्षा र महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि नियमित योग तथा शारिरिक ब्यायामहरुका लागि म्युजिक फाउण्डेशनले नेपाली बाल बालिका युबा तथा महिला दिदी बहिनिहरुलाई लक्षित गरी नेपाली भाषा,संगित तथा ब्यायम सन्चालित सेमिनारमा बिदेशी पाहुनाहरुलाई पनि निमन्त्रणा दिनु भएको छ ।

नारीहरुलाई हेरिने दृष्टिकोण परिवर्तन जब सम्म हुदैन तब सम्म अन्तराष्ट्रिय नारी दिवसले सार्थकता नपाउने भन्दै  महिलाले महिलालाईनै विभेद र बधाक बन्न नहुने सहभागी महिलाहरुले धारणा राखेका थिए |

कार्यक्रम नेपाली ,अङ्रेजी र डच भाषामा बिदेशी फ्रेंनी विर्स्मा र नेपाली साबु पौडेलले सहजिकरण गरेका थिए ।

कार्यक्रम भब्य रुपमा सफल बनाउन उपस्थित नेपाली दिदी बहिनिहरुलाई नेपाल म्युजिक फाउण्डेसन अध्यक्ष साबू पौडेलले धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

Please follow and like us: