गुल्मी कुर्गाका महेन्द्र प्रसाद शर्मा अर्यालको ७२ बर्षको उमेरमा निधन

नयाँ कुरा शुक्रबार,२७ जनवरी ,
आमस्ट्रडम ,

४२ बर्ष देखि नेदरल्यान्डस लाई कर्मथलो बनाउनु भएका गुल्मी कुर्गा भुचाजिका महेन्द्र प्रसाद शर्मा अर्यालको ७२ बर्षको उमेरमा निधन भएको छ ।

सामान्य बिरामी परी नेदर्ल्यान्डसकै अस्पातलमा उपचारको क्रममा २३ जनवरी २०२३का दिन निधन भएको हो ।
अर्याल ४२ बर्ष पहिला एसियन रेस्टुरेन्टमा कुक कामदार भिषामा आउनु भएको थियो ।

 

बिगत दुई दशक देखी आफ्नै एसियन नेपाली खानाका रेस्टुरेन्ट ,नेपालमा उत्पादित नेपाली कपडा तथा हस्तकलाका सामाग्रीहरुको ब्यवसाय गर्नु भएको थियो ।

 

शर्माका एक श्रीमती , तीन छोरा ,एक छोरी, दुई नाती र तीन नातिनी पनि नेदर्ल्यान्डसमा स्थाई बसोवास गर्दछन ।

शर्माको पार्थिब शरीर लाई हिन्दू धर्मअनुसार आमस्ट्रडममै शनिबार २८ जनवरी २०२३ का दिन दाहसस्कार गरिने भएको भएको छ ।

स्थान -Ookmeerweg 275,1067 sp Amsterdam
मिती -२८ जनवरी २०२३ शनिबार
समय -१३:०० बजे

Please follow and like us: