नेदरल्याण्ड्समा नेपाली भाषा संगितको साथ साथै नेपाली नृत्य कक्षा पनि सन्चालन

नयाँ कुरा ,१७ जनवरी , मंगलबार ,नेदरल्याण्ड्स ,

प्रवासमा नेपाली कला र संस्कृतिको प्रवर्दन र विकास निम्ति स्थापित  नेपाल म्युजिक फाउण्डेशन नेदरल्याण्ड्सले नेदरल्याण्ड्सबासी नेपाली समूदायका बालबालिकाहरुलाई नेपाली लोकप्रिय सांगीतिक  वाद्द-वादन मादल, गीतार लगायत नेपाली भाषाको कक्षा र योगको साथमा Singing Bowl संचालन  गरिरहेको कुरा नेदरल्याण्ड्स स्थित नेपाली समूदायमा जानकारी नै छ।

यसै विचमा आफ्ना वालवालिकाहरुलाई नेपाली भाषा र म्युजिक कक्षामा लिएर आउने अभिभावक र वालवालिका समेतको रुची, स्वास्थ्य समेतलाई मध्येनजर गरी सोही समय र स्थानमा मदन के सि डान्स स्कुल का CEO मदन के सि ज्यू बाट नेपाली मौलिक नृत्य प्रशिक्षण संचालन शुरु गरिएको कुरा नेपाल म्युजिक फाउण्डेसनकी अध्यक्ष साबु पौडेलले सहर्ष जानकारी गराउंनु भयो।

सिप, स्वास्थ्य र रुचीलाई मध्येनजर गरी नेपाली मौलिक नांच सिक्न चाहने सबैको लागि यो सुनौलो अवसर भएको हुँदा आफुले सिक्न र आफ्ना वालबालिकालाई सिकाउन चाहने अभिभावकहरुले समयमै निम्न व्यक्तिहरु सँग सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गराउनु हुनको लागि अनुरोध गरिएको छ।

तोकिएको संख्या भन्दा बढीको नाम दर्ता भै पहिलो चरणको कक्षामा सबैलाई सम्मिलित गर्न नसकिएमा दोश्रो चरणको कक्षा संचालन गर्न सकिने जानकारी संस्थाका महा-सचिव राजेन्द्र शर्माले दिनु भयो।

योग, नेपाली भाषा, मादल वा गीतार तथा नेपाली मौलिक नांच मध्ये जुनसुकै नेपाली गतिविधीमा कम्तिमा १० जनाको समूह भएमा आम्स्टर्डम बाहिरका शहरहरुमा पनि कक्षा तत्काल संचालन गर्न सकिने गरी प्रशिक्षक लगायत सम्पूर्ण व्यबस्थापकीय पक्ष तयारी अवस्थामा रहेको हुँदा आफ्ना बालबालिकाहरुलाई वा आफु स्वयंले नेपाली संगीत वा नांच सिक्न सिकाउन इच्छुक  अभिभावकहरुले सम्पर्क गरी नाम दर्ता गराउन सकिने तथा थप जानकारी लिन सकिने गरी निम्न सम्पर्क व्यक्तिहरुको संपर्क नम्बर उपलब्ध गराइएको छ।

सम्पर्क:

साबु पौडेल

फोन: ०६८३७१०२३९

अम्बिका गिरी

फोन: ०६३९५९३७३१

Please follow and like us: