अनलाईन कक्षा: आवश्यकता वा अनिवार्यता

  • गंगाराम रेग्मी
    धनगढी, कैलाली

कोभिड १९ माहामरी सन्क्रमण बदे लगत्तै नेपालमा अन्लाईन शिक्षाको अद्ध्य्यन बढदो छ् ।शिर्षकमा भनिए जस्तै आवश्यकता र अनिवार्यता एक साथ जोडिएर आउने फरक कुराहरु हुन्। आवश्यकताले कुनै पनि कुरा महत्वपुर्ण छ भन्ने बोध गराउँछ भने अनिवार्यता नभई नहुने कुरा हो। हाल मानव जिवनमा गास, बास र कपासका साथै शिक्षालाई पनि अभिन्न अंगका रुपमा लिने गरिन्छ। शिक्षित हुनु आफैमा गर्वको कुरा हो। शिक्षित व्यक्तिले नै परिवार, समाज र देशमा आमुल परिवर्तन ल्याउन सक्दछ। यसो भनिरहँदा शिक्षा नै सबथोक हो भन्ने भनाईलाई कदापि स्वीकार गर्न सकिँदैन।
शिक्षाले व्यक्तिको जिवनमा परिवर्तन ल्याउन सक्नुपर्छ। शिक्षित हुनु जान्नु मात्र होइन, जानेका कुराहरुलाई व्यवहारमा लागु गर्नु पनि हो। मेरो छोरा छोरीले कुन ग्रेड ल्याए भन्दा पनि पढेका कुराहरुलाई कत्तिको जिवनमा लागु गर्न सके भन्ने प्रश्न हरेक अभिभावकले सोध्न सक्नुपर्छ। शिक्षित मानव समुदायले पनि समाजका सकरात्मक र नकरात्मक पक्षहरुलाई छुट्टयाउनु पर्दछ। यसो भनिरहँदा वर्तमान समयमा शिक्षा प्रणालीमा ठूलै प्रभाव पार्ने गरि भित्रिएको अनलाईन सिकाईलाई कदापि वेवास्ता गर्न सकिँदैन।
अनलाईन कक्षा आजको आवश्यकता हो तर अनिवार्य कदापि हुन सक्दैन। दैनिक पठन पाठन प्रभावित हुँदा विकल्प खोजिनु राम्रो कुरा पनि हो। अनलाईनबाट सिक्न पाउँदा विद्यार्थीहरुले आधुनिक प्रविधिको भरपुर मात्रामा सदुपयोग गर्न पाएका छन्। तर यसो भनिरहँदा अनलाईन कक्षा पढ्न पाएन भनेर आत्तिनुपर्ने कुरा केहि पनि छैन। अनलाईन अध्ययन अध्यापनको विकल्प हो। कसैले पनि यसलाई अनिवार्य बनाउने वा सोच्ने गर्नु हुँदैन। धेरै जसो विद्यार्थीहरुसंग अनलाईन पढ्न समय र पैसा नहुन सक्छ । कतिपयसंग गतिलो मोबाइल र इन्टरनेट नहुन सक्छ। नआत्तिनुहोस, यी सबै नहुँदैमा तपाईको सिकाई सकिने होइन। सकेजति आफुसँग भएजति पढौँ । बाँच्नु ठूलो कुरा हो, जिवन रहे भोलि पनि पढ्न सकिन्छ। पढाई नभई नहुने कुरा हो तर सबथोक पनि होइन। त्यसैले, अभिभावकहरुले पनि अनलाईन पढ्नैका लागि अनावश्यक दबाब नदिउँ। बच्चाहरुलाई पढ्नका लागि गालि गर्ने, रिसाउने भन्दा पनि सम्झाउँ बुझाउँ। अभिभावक नै सन्तानका पहिलो शिक्षक हुन्।
तसर्थ, अनलाईन कक्षा विकल्प हो, मेरो अनुरोध छ यसलाई अनिवार्य नसोचौँ । आफ्नो क्षमताले सकेजति पढौँ पढाउँ । भविष्यका योजनाहरु बनाऊ। केही समय पढाई रोकिँदा सबथोक सकिएको नठानौँ । कसैको लहैलहैमा लागेर क्षणिक सिकाईका लागि मरिहत्ते नगरौँ। आजको प्रमुख आवश्यकता सुखि, स्वस्थ र सचेत रहि ज्यान जोगाउनु नै हो।

Please follow and like us: