नेदर्ल्याण्डको हाउसिङ मार्केट कोरोना १९ बाट खासै प्रभावित पारेन

१ करोड ७० लाख जनसंख्यालाई आवास दिन ८० लाखको संख्यामा निवासहरु रहेको बङ्गलादेश पछिको विश्व कै सबै भन्दा बाक्लो जनघनत्व मानिने नेदर्ल्याण्डमा ५८% मानिसहरुको आफ्नै खरिद गरेको निजी घरमा र ४२% भाडामा बस्ने गर्दछन । नेदर्ल्याण्डको प्रचलन अनुसार बैंकबाट लोन (Mortagage) लिएर आफ्नो निजी घर किन्ने गरिन्छ र ३० वर्ष सम्म साबा र ब्याजको किस्ता तिर्दै गए पश्च्यात सो घर बैंकको धितो बाट मुक्त हुन्छ र पुरा आफ्नो बन्दछ । आफुले तिर्ने घरको भाडाले खरिद गरेको घरको बैंकको लोनको साबा र ब्याज दुबै तिर्न पुग्ने हुँदा सोही खर्चले ठुलो र आरामदायी घरमा बस्ने अवसर मिल्ने हुनाले नेदर्ल्याण्डको नेपाली समुदायमा आफ्नै घर खरिद गर्ने चलन आकर्षित हुँदै आएको छ । बैंकबाट लोन लिनको लागि मिनिमम १ वर्षको कामको करार (Job contract) पेश गरे हुने र बैंकको ब्याज पनि न्युन भएकाले भाडाको घरमा बस्नु भन्दा खरिद गरेको निजी घरमा बस्नु फलदायी देखिन्छ । नेदर्ल्याण्डमा एउटा पारिवारिक घरको औसत मुल्य €३३५,००० छ जुन अन्य युरोपियन देशहरुको तुलनामा नेदर्ल्याण्ड एक महँगो राष्ट्रमा गनिन्छ । बिगतका ४,५ वर्षमा नेदर्ल्याण्डको घरजग्गाको मुल्य अत्याधिक रुपले ब्रिद्धी हुँदै गएको अवस्थामा कोरोना कहरले हाउसिङ मार्केटलाई अब के कस्तो असर पार्ला त भन्ने जल्दोबल्दो जिज्ञासा नेदर्ल्याण्डको नेपाली समुदायमा आइरहेको छ ।
घरजग्गा खारिद बिक्री तथा मुल्याङ्कन महासंघ (NVM) ले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार कोरोना कहरले घरजाग्गाको मुल्य ब्रिद्धीमा अहिले सम्म खासै असर नपारेको जानकारी प्राप्त भएको छ । लकडाउन शुरु हुनु भन्दा अगाडिको त्रैमासिक डाटा बमोजिम नेदर्ल्याण्डमा घरहरुको मुल्य ९.६% ले ब्रिद्धी भएको थियो भने लकडाउनको अवधिमा ८.८% ले मात्र ब्रिधि भएको र तुलनात्मक रुपमा ४% घरहरु कम बिक्री भएका छन । राष्ट्रिय तथ्यांक आयोग (CBS) को अनुसार नेदर्ल्याण्डमा हाल ३३१,००० घरहरुको अभाव भैरहेको र यो संख्या निकट भविश्यमा ब्रिद्धी हुँदै जाने आसंका गरिएको ले पनि नेदर्ल्याण्डमा घरहरुको मुल्य भविस्यमा घट्ने सम्भावना कमै रहेको बुझिन्छ । यद्यपी २०२० मा नेदर्ल्याण्डको अर्थतन्त्र ६.८ % घट्न सक्ने IMF को अनुमान र विश्व नै आर्थिक मंदिमा तर्सिएको अवस्थामा घरजग्गाको मुल्य ब्रिद्धी नै भैरहन्छ भनेर ठोकुवा गर्न सक्ने अवस्था नभएर पनि नेदर्ल्याण्डको दोस्रो ठुलो बैंक ABNAMRO का अनुसार २०२० मा घरअजागा मुल्य ६% बढ्ने देखिएता पनि सन २०२१ मा भने २% ले घट्न सक्ने अनुमान गरेको छ ।
शशि पौड्याल
नेपाल बिकास प्रतिष्ठान

Please follow and like us: