नेपाली राजदुतावास बेल्जियम र गैर आवासीय नेपाली संघनेदरल्याण्डसको संयुक्त पहलमा एक दिने घुम्टी सिबिर हुँदै

 

नयाँ कुरा ,आमस्त्रडम,२२, अक्टुबर , शनिबार ,

नेपाली राजदुतावास बेल्जियम र गैर आवासीय नेपाली संघ नेदरल्याण्डसको संयुक्त पहलमा २४ अक्टुबर २०२२का दिन १ दिने सरकारी परामर्श ,बिधुतिय राहदानी वितरण तथा नवीकरण सम्बन्धि घुम्टी सिविर कार्यक्रम संचालन हुने भएको छ।

नेदरल्याण्डसमा बस्नुहुने गैरआवासिय नेपालीहरुले राहदानी तथा सरकारी काम काज सम्बन्धि परामर्श लिनु परेमा सिबिरमा उपस्थित भइ आबस्यक सेवा लिनु हुन सम्पूर्ण  नेपाली दाजु भाई तथा दिदी बहिनिहरुलाई  गैर आवासिय नेपाली संघ  नेदरल्याण्डसले सुचना सार्वजनिक गरिएको छ ।

राहदानी सेवाका लागि तल प्रस्तुत नियमलाई पालना गरी उपस्थितिका लागि राजदुताबसले सुचना निम्नानुसार गरेको छ ।

विधुतिय राहदानी (e-passport) का लागि प्रि- इनरोलमेन्ट सम्बन्धि प्रक्रिया अनुसार आवेदन हुने छ ।
विधुतिय राहधानीबारे थप जानकारीको लागि यस लिंकमा जानुहोला।
https://emrtds.nepalpassport.gov.np
नेपाल राजदुतावास ब्रससेल्स बेल्जियम बाट हुने सेवा र सुविधाबारे जानकारीको लागि यस लिंकमा जानु होला।
– Embassy of Nepal – Brussels, Belgium (nepalembassy.gov.np)

विद्युतीय राहदानी (e-passport) का लागि
प्रि- इनरोलमेन्ट सम्बन्धी प्रक्रिया र अन्य जानकारी
क. विद्युतीय राहदानी आवेदनका लागि प्रि- इनरोलमेन्ट कसरी गर्ने :-
 राहदानी विभागको वेवसाईटमा उपलब्ध https://emrtds.nepalpassport.gov.np लिंकमा प्रवेश गरी देहायमध्ये कुनै एक आवेदनको प्रकार छान्ने ।
– पहिलो पटक राहदानी बनाउने (नेपाली बाबु आमाका बेल्जियम, नेदरल्याण्ड्स वा लक्जमवर्गमा जन्मेका सन्तानको हकमा) वा हस्तलिखित राहदानीवाहकहरूले: First Issuance;
– पुरानो MRP नवीकरण गर्नका लागिः Renewal;
– हालको राहदानी हराएको/चोरिएको हकमा: Replacement (Lost/Stolen);
– हालको राहदानी विभिन्न कारणले बिग्रेको हकमाः Replacement (Damaged);
– त्यसपछि ३४ पेजको राहदानी लिन चाहनेले Ordinary 34 pages अप्सनमा अथवा ६६ पेजको राहदानी लिन चाहनेले Ordinary 66 pages अप्सनमा क्लिक गर्ने ;
 त्यसपश्चात उपलब्ध हुने राहदानीको फाराममा भएका विभिन्न उपशीर्षकमा रहेका विवरणहरू भर्ने । राजदूतावासहरूबाट आवेदन गर्ने सेवाग्राहीहरूले फाराममा राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नु अनिवार्य छैन।
 त्यसपश्चात नागरिकता प्रमाणपत्रको अगाडि –पछाडि दुवै पेज, हालको राहदानीको फ्रन्ट (फोटो पेज) र ब्याक पेज (पेज नं ३० र ३१) तथा अन्य सान्दर्भिक कागजात (तल खण्ड ख मा उल्लेख भएअनुसारका कागजात) छुट्टाछुट्टै स्क्यान गरी अपलोड गर्ने ।
 अनि Book your Appointment मा प्रवेश गरेर Other अप्सन क्लिक गरी NE, BRUSSELS अप्सन छानेर आफूलाई उपयुक्त हुने मिति र समय बुकिङ् गर्ने ।
 तत्पश्चात फारम Submit गर्ने र त्यसपछि प्राप्त हुने बारकोड सहितको फारम डाउनलोड गरी प्रिन्ट गर्ने ।
 Live Enrolment का लागि राजदूतावासमा आउँदा यो फारमको प्रिन्ट प्रति अनिवार्य साथमा लिएर आउनु पर्नेछ ।
ख. प्रि- इनरोलमेन्ट गर्दा अपलोड गर्नुपर्ने कागजातहरू :-
नवीकरण गर्नका लागि:
 नेपाली नागरिकता प्रमाणपत्रको पहिलो र दोस्रो पेज छुट्टाछुट्टै ।
 १६ वर्षमुनिका बालबालिकाको हकमा नाबालक परिचयपत्र ।
 हालको राहदानीको फ्रन्ट पेज (फोटो र व्यक्तिगत विवरणको पेज) र व्याक पेज (पेज नं ३० र ३१) छुट्टाछुट्टै ।
 हालको राहदानी हराएको हकमा स्थानीय प्रहरीबाट जारी गरिएको राहदानी हराएको प्रहरी प्रतिवेदन ।
बेल्जियम, नेदरल्याण्ड्स र लक्जमवर्गमा जन्मेका बालबालिकाको पहिलो पटक राहदानी बनाउनका लागि:
– Commune वा सम्बन्धित सरकारी निकाय बाट जारी भएको जन्मदर्ताको प्रमाणपत्र
– बाबु र आमाको नागरिकता र राहदानी
– बाबु र आमाको विवाह दर्ता प्रमाणपत्र ।
लाइभ इनरोलमेन्ट गर्न राजदूतावासमा आउँदा माथि उल्लिखित सम्पूर्ण सक्कल कागजातहरू साथमा लिएर आउनुपर्ने छ ।
ग. शुल्क :-
 नयाँ राहदानी वा राहदानी नवीकरण (३४ पेज ) युरो १२०
 नयाँ राहदानी वा राहदानी नवीकरण (६६ पेज ) युरो १७०
 हराएको, च्यातिएको वा नष्ट भएको राहदानीको सट्टामा नयाँ राहदानी (३४ पेज ) युरो २४०
 हराएको, च्यातिएको वा नष्ट भएको राहदानीको सट्टामा नयाँ राहदानी (६६ पेज ) युरो ३४०
१० वर्ष भन्दा मुनिका बालबालिकाको हकमा माथि उल्लिखित शुल्कको आधा शुल्क लाग्नेछ ।
१६ वर्ष उमेर पुगेका तर नेपाली नागरिकताको प्रमाणपत्र नबनाएकाहरूको राहदानी नवीकरण गर्दा राहदानीको बहाल अवधि २ वर्षको मात्र हुनेछ र उक्त अवधिभित्र नेपाल गएर अनिवार्य रुपमा नागरिकता बनाए पश्चात मात्र अर्को राहदानी बनाउन सकिनेछ ।
घ. अन्य जानकारी :-
 E-passport का लागि Live Enrolment गर्न आवेदक स्वयं अनिवार्य रुपमा राजदूतावासमा उपस्थित हुनुपर्ने छ ।
 ५ वर्ष भन्दा बढी उमेरका आवेदकले e-passport का निमित्त फोटो ल्याउनु पर्ने छैन ।
 ५ वर्ष भन्दा कम उमेरका बालबालिकाको हकमा फोटो स्टुडियोमा हालसालै खिचिएको White background भएको 45mm ×35mm साईजको रंगिन फोटो १ प्रति ल्याउनु पर्नेछ ।
 E-passport का लागि pre –enrolment आवेदक आफैले गर्नुपर्नेछ ।
 यन्त्रवाचक राहदानी (MRP) को बहाल अवधि (Validity) बाँकी रहेसम्म सोही राहदानी प्रयोग गर्न सकिनेछ । सामान्यतः हालको राहदानीको बहाल अवधि (Validity) १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरण हुनेछ ।
नोट:
E-passport का निमित्त pre –enrolment गर्दा आफ्ना विवरणहरू भरिसके पछि पेश (Submit) गर्नु भन्दा अगाडि राम्रोसँग रुजु गर्नुहुन अनुरोध गरिन्छ । यदि गलत विवरण पेश भएमा त्यही गलत विवरण उल्लेख भएर राहदानी तयार हुनेछ र सच्च्याउनु परेमा पुन:दस्तुर लाग्नेछ ।

स्थान :- Neetu Dhaba Restaurant
Overtoom 482, 1054JZ Amsterdam
समय :- १२:००
मिति :- २४ अक्टोबर २०२२

सार्वजनिक यातायात -ट्रम १ र १७
थप जानकारीको लागि निम्न व्यक्तिहरुलाइ सम्पर्क गर्न सक्नु हुनेछ ।
अध्यक्ष:- मिम पुर्जा – ०६२१५६६८८८
महासचिव:- सिता थापा क्षत्री – ०६८७०१४८५२
सचिव :- पेमा लामा – ०६४२६७५१९९

Please follow and like us: