प्रबासि मञ्च नेदरल्याण्डसको तेश्रो महाधिबेशन राजेन्द्र चापागाईको नेत्रित्वमा सर्बसहमत

 

नयाँ कुरा ,आमस्त्रडम,२१ अक्टुबर , बिहिबार,

प्रबासि मञ्च नेदरल्याण्डसको तेश्रो महाधिबेशन मंगलबार सर्बसहमत समपन्न भएको छ ।

लामो समय देखी पदाधिकारीमा सहमत नहुँदा अधिबेशन रोकिएको थियो ।

प्रबासि मञ्च नेदरल्याण्डले स्थानिय संघ सस्था तथा नेपाली समुदाय सँग मिलेर सामाजिक काम गर्दै आएको छ भने आगामी दिनहरुमा पनि समयनुसार नेपालीहरुका सुख दु:खमा मिलेर सामाजिक काम गर्ने  प्रवासी मन्च नेदर्ल्यान्द्सका सस्थापक अध्यक्ष टिकाराम सापकोटाले बताउनु भएको छ ।

नेदरल्यान्द्समा बस्ने मञ्चका धेरै सदस्यहरुको टिममा रही काम गर्ने चाहाना लाई मध्यनजर गरी विधान समसोधन गरी छिट्टै प्रक्रिया पुर्याएर जिम्मेवारी बाडफाड गर्ने नब निर्वाचित अध्यक्ष राजेन्द्र चापागाईले बताउनु भएको छ ।

लामो समय देखी निर्वाचन गराउन तथा कार्यसमिती सर्ब सहमत बनाउन समाजका अग्रज, सस्थापक पूर्व कार्यसमिती तथा उम्मेदवार इच्छुक समपूर्ण साधारण सदस्य तथा पदाधिकारीहरुलाई नि बर्तमान अध्यक्ष् प्रेम काजी गुरुङले आभार धन्यवाद ब्यक्त गर्दै  आगामी कार्यकाल सफलताको कामना गर्दै अधिबेशन समपन्न भएको छ ।

सर्बसहमत पदाधिकारीहरु-
१)अध्यक्ष – राजेन्द्र चापागाई
२)उपाध्यक्ष – हेम कुमार भुजेल
३)सचिब – केशबराज पाण्डे
४)उपसचिब – उदय नेपाली
५)उपसचिब – लक्ष्मण रिजाल
६)सदस्यहरु :-लिला कुमारी गुरुगं
७)विनोद वस्नेत
८)चन्द्रविर कुँवर
९)सुनिल गुरुङ
१०)जोग बहादुर गुरुङ
११ पुर्ण कंडेल
१२)जयलाल सापकोटा
१३भिम राई
१४)जीवन पुन
१५)नारायण खड्का जम्मा १५ जना निर्बाचित भएका छन ।

Please follow and like us: