१७ जेष्ठ, २०७९ , ✍️ रेखा भन्तना, काठमाडौ,
रास्ट्रपति विद्यादेबि भन्डारि र पुर्बप्रधानमन्त्री केपि ओलि देखि काठमाडौ महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलसम्मका पात्रहरूमाथी ठट्टात्मक ट्रोलहरू बनाईरहेछन्, हामी हासिरहेछौँ ।
मुलधारको टेलिभिजनबाट चर्चा चलेको भनिने टेलिशृङ्खलामा दर्शक हसाउँनका लागि ‘अस्वभाविक मोटोपन’ भएकी महिला खडा गरि उस्को शरिरमाथि खिसीट्युरी भईरहन्छ, हामी हासिइरहन्छौँ ।
हिउँ परिरहेको ठाउँमा महिला पात्र अर्धनग्न र पुरुष पात्र पुर्णवस्त्रमा रमाइरहेका दृश्यहरू सिनेमाले देखाईरहन्छन , हामी विना सबाल मनोरंजन मेटिरहन्छौँ । श्रीमानले मलद्धारबाट लौरो घुसाएर श्रीमतीको हत्या गरेको समाचार आइरहन्छन् , प्रतिक्रियाविहिन भाबमा हामी पढिरहन्छौँ ।
बलत्कार भएको बर्षौँपछि अनेकन डरकाबिच महिलाहरू समाजमा आफ्नो दर्द पोखिरहन्छन् , हामी ‘मनमिल्दा चमत्कार, नमिल्दा बलात्कार’का भाषा बोकेर पिडककै पक्षमा लामबद्ध भईरहन्छौँ ।
चप्पल कम्पनी महिलाका लागि कुर्कुच्चामा चुच्चो थप्छ, पुरुषका लागी सहज समतल चप्पल उत्पादन गरिरहन्छ, हामी ओरालो यात्राको हिसाबनगरि हिडिरहन्छौँ । नाकदेखि नितम्बसम्मको नापतौलबाट ‘सुन्दरी’ मापदण्ड बनाई एक अर्कोलाई एउटा भन्दा विशिष्ट र कमशल करार गर्ने खेल खेलाईरहिन्छ, हामी सुन्दर बन्ने प्रतिस्पर्धामा रमाइरहन्छौँ ।
आन्दोलनमा पत्रकार आकर्षक बनावटको शरिर खोज्दै फोटोखिच्न हिड्छ, हामी ओठमा लिविस्टिक भर्न थाल्छौँ । के पुरुष र महिलाको सम्बन्धको बिषय यौन मात्र हुन सक्छ ? यदि सक्दैन भने कोहि पुरुष र महिला कुनै कामको लागि सहकार्य गरेकै भरमा ठट्टाको पात्र कसरी बन्न सक्छन् ? कस्ता सामाग्रीमा हामी हाँस्दै छौँ ?हाम्रो हास्यचेतमा कस्तो सस्कृतिले काम गरिरहेको छ ? के हामिलाई हेक्का छ कतै हाम्रो हाँसोले घृणा जन्माएको त छैन ? हिउँको वरिपरि एउटा पुरुष पुर्णवस्त्र भइरहदा महिला अर्धनग्न हुनैपर्ने कस्तो सिनेशास्त्र हो ? मलद्धारमा घुसार्नुभन्दा पहिले त्यो लौरो श्रीमतीको कहाँकहाँ बजारिको थियो होला? एउटि बलात्कृत महिलाको दर्दको घनत्व कति हो ? चुच्चेचप्पल निर्माणको फर्मुला के हो ? शरिरको नापजोखले सुन्दरता प्रमाणित गर्न सक्छ ? आन्दोलनको समाचार ‘आवाजको हुँकार’ले सार्थक हुने हो की ‘शरिरको आकर्षणता’ले ? प्रश्नहरूलाइ पितृसत्ताको पहाडले किल्चिएको छ ।
मानब इतिहासले कयौं युग पार गर्दै यहासम्म आइन्जेल युगसगै थुप्रै समस्या नामेट हुँदैपनि गए तर हजारौं बर्षदेखि महिलामाथीको उत्पीडन र हिंसाहरू आजपनि यथाबत छन् ।यस्ता हर्कतहरूको हद महिलाको नग्नता र बीभत्स पोर्नोग्राफीसम्म पुगिसकेका छन् । यस्तो हुनु र यस्लाइ सामान्य ठानिनुका पछाडि पितृसत्तात्मक ब्यबस्थाद्धारा प्रशिक्षित गरिएका तमाम बिचार, सस्कृती अस्तित्वमा रहनु हो ।
जसले महिलालाई कोमल, सुन्दर, भोग्या, सहनशिल भन्दै आइरह्यो । स्वयं महिलाहरूलाई पनि यहि अबधारणा वरिपरि सिमित राख्न सफल रह्यो तब महिलाहरूको ब्यापक संख्या प्रगतिशील चेतनाबाट बिमुख भईरहन पुग्यो ।
यसले महिलामुक्तीको आन्दोलनको शक्तिलाई सिमित पार्न बल पुग्यो । उत्पीडित हुनुको मुख्य कारण शरीरको बनावट र भाग्य हो भन्ने भाष्यहरू निर्माणमा पितृसत्तात्मक सोँचकै उपज हुन् । पीडा र हिंसाको प्रतिरोध गर्दा ‘इज्जत गुमाउनु पर्ने’ खतरनाक खेलहरू महिलामाथी चलाईदै आइएको छ । यसरी हेर्दा महिलाका हरेक पाइलापाइलामा पितृसत्तात्मक सुत्रहरू फिजाइएको देखिन्छ । आलेखको सुरुमै उठाईएका सबालहरू त्यही सुत्रको जाँतोमा पिसिएर उत्पन्न भएका हुन् ।
हामिले महिलामुक्तिको आन्दोलन, संघर्ष, बहस, विमर्शलाई
महिला उत्पिडनको ऐतिहासिक प्रक्रियासँग जोडेर ब्यापक छलफल गरेनौ भने महिला समस्याको सहि हल हुनै सक्दैन भन्ने कुरामा एकमत हुनुपर्नेछ । पितृसत्तात्मक चेतले बनेका जालो फटाल्नु, बैचारिक खन्डन, प्रतिरोध तथा प्रश्नहरू उठाएर समुदायलाई सचेत बनाउनुपर्ने अनिवार्य आबश्यकता रहन्छ ।
पितृसत्तात्मक बिचार, अबधारणा र सस्कृतीद्धारा हुर्काईएका बिकसित र सामान्यकृत गरिएका अनेकन जाल र पन्जामाथि साच्चिकै कठोर प्रश्नको कोणबाट बहस नछेडे सम्म महिलामुक्तीको आन्दोलन ठिक दिशामा पुग्दैन । त्यसको लागि समुदायमा प्रगतिशील चेतना भर्दै पितृसत्तासग लड्ने सहि बिचार निमार्ण, हस्तक्षेपकारी आन्दोलन गर्नुपर्ने हुन्छ ।