कांग्रेसलाई एसपिपी स्वीकार्य छैन : महामन्त्री शर्मा

काठमाडौँ, असार १ गते ,
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरशीप प्रोग्राम (एसपिपी) स्वीकार गर्न नसकिने प्रष्ट पारेका छन्।
महामन्त्री शर्माले बुधबार ट्वीटमार्फत नेपाली काँग्रेस र काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई स्टेट पार्टनरशीप प्रोग्राम (एसपिपी) स्वीकार्य नहुने बताएका हुन्।
शर्माले अमेरिकालाई धन्यवाद दिएर स्टेट पार्टनरशीप प्रोग्राम स्वीकार गर्न नसकिने बताउनुपर्ने उल्लेख गरेका छन् ।
‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ– नो थ्याङस् एसपीपी, हामीलाई स्वीकार्य छैन । काँग्रेसको धारणा यही बन्नेछ । र, काँग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ,’ शर्माले भनेका छन् ।
‘हामी साझा ढङ्गले प्रष्ट छौं, समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य,’ महामन्त्री शर्माको प्रष्टोक्ति छ।
Please follow and like us: