एन्तोर्पेन कप फुट्बलको उपाधी नेदरल्यान्ड्स ड्रिम टिमले उचाल्यो

नया कुरा ,आमस्त्रडम,

बेल्जियमको एन्तोर्पेनमा सम्पन्न ”Antwerpen Cup 2021 7A side” फुट्बल प्रतियोगितामा नेदरल्यान्ड्सको Dream Team A ले प्रथम स्थान हासिल गरेको छ।

No description available.

युरोपका बिभिन्न देशका १६ टिम सम्मिलित उक्त प्रतियोगीतामा फाइनल खेलमा Dream Team नेदरल्यान्ड्सले Malta NMFC माथि ४ – १ को सहज जित निकाल्दै उपाधी चुमेको हो। उपाधी सँगै Dream team नेदरल्यान्ड्सले पच्चिस सय युरो नगद, ट्रफी र् मेडल हात पारेको छ्। माल्टा दोस्रो र बेल्जियम तेस्रो भएका छन ।

No description available.

दुई दिन सम्म चलेको प्रतियोगिता लिग/नकआउट को आधारमा सन्चालन भएको थियो। प्रतियोगितामा उत्कृष्ट खेलाडी सञ्जय तामङ् र् उत्कृष्ट गोलकिपर बिरेन गुरुङ घोषित भएका थिए भने प्रतियोगितामा ७ गोल गर्दै सुजन घलेले उच्च गोलकर्ताको उपाधी चुम्न सफल भएका थिए।

प्रतियोगिताको आयोजना Antwerpen Guys ले गरेको थियो। आयोजकले प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको र् आगामी बर्ष अझै अन्य यस्ता प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको छ्।

Please follow and like us: