कृष्ण रेग्मी बेल्जियम पासपोट बुझाएर चितवन काङ्रेसको नगर उपसभापती भिडदै

नयाँ कुरा ,चितवन, असोज २

बेल्जियममा दुई दशक देखी परिश्रम गरेर सुरुवात गरेको ब्यवसाय ,स्थानिय राजनीति, स्वदेशी तथा बिदेशी साथीहरु सँगको संगत नै छोडेर कृष्ण रेग्मी चितवन छिरेका छन ।

नेपालको जागिर र व्यवसाय छाडेर युरोप र अमेरिकाका पीआर रोज्नेहरु त नेपालमा धेरै नै छन् तर उताको सारा कमाइ र पीआर छाडेर नेपाल फर्कने क्रम  पनि बढेको छ ।

भरतपुर महानगरपालिका–१८ गुञ्जनगरका कृष्णप्रसाद रेग्मी बेल्जियमको दुई दशक सम्मको व्यवसाय, पेसा र प्रतिष्ठा सबै त्यागेर यतिबेला चितवन कांग्रेसको राजनीतिमा होमिएका छन् ।

May be an image of 1 person and indoor

 

रेग्मीले एक बर्ष देखी नेपालमा बसोवास सरेका छन । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा भरतपुर महानगरको उपसभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।

बिद्यार्थी हुँदै गर्दा कांग्रेस राजनीतिमा सक्रिय रेग्मी विसं २०५६ सालमा युरोपको बेल्जियम कामको सिलसिलामा प्रवेश गरेका थिए । अर्थशास्त्रमा पाटन बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गरेका रेग्मी बैँक अफ सिलोनमा काम गर्दा गर्दै युरोप छिरेका हुन् । राजनीति र समाजसेवाको रहरले गर्दा उनी युरोपमा पनि नेपाली संघ सस्था भन्दा स्थानिय राजनीति र नेपालकै समाजसेवामा सक्रिय थिय ।

बेल्जियमको सबैभन्दा ठूलो राजनीतिक दल एनभीएमा आवद्ध भएर ग्रोबेन्डोक शहरको संगठन विभाग प्रमुख भएर उनको सामाजिक र राजनीतिक  काम गरेको लामो अनुभब बटुलेका छन । उनी पछिल्लो समय त्यस शहरको वातावरण सल्लाहकारको रुपमा काम गरेका थिए ।

अहिले उनी सबै पद र प्रतिष्ठा छाडेर चितवनमा कांग्रेस महानगर उपसभापतिका लागि सबै नेता तथा कार्यकर्ताहरुसँग मत माग्न व्यस्त भएका छन् ।

May be an image of 10 people, people standing, outdoors and tree

नयाँ कुरा समबाददाता सँग रेग्मिले नेपालमा फर्केर बिदेशमा सिकेको सिप ज्ञान लाई नेपाली माटोमा माउ पार्टी चितवन कांग्रेसको राजनीति सँगै शिक्षा स्वास्थ्य बातावरण देशमै बिकासका सम्भावना महानगरको पदमा बसेर लागु गर्ने योजना सहित आएको बताएका छन ।

म चितवन बाट सुरुवात गरी देशको लागि केही गरेर देखाउन चाहन्छु । उनको बेल्जियममा व्यवसाय परिवारका सदस्यले हेरिरहेका छन् ।

रेग्मीले विभिन्न कामको सिलसिलामा विश्वका ५२ देशको भ्रमण गरिसकेका छन् भने नेपालमा पनि ५७ जिल्ला पुगेर सबै जिल्लाहरुमा सम्भाबित विकासको सम्भावना बिज्ञहरुको टोली बनाई योजना अध्ययन भईरहेको बताउछन ।
दुई बर्ष अघी बेल्जियम, फ्रान्स ,नेदर्ल्यन्द्स लागायत युरोपका शहरहरुमा भईरहेको फोहोर ब्यबस्थापना, खानि पानी, बाटो घाटो, शिक्षा स्वास्थ्य ,वातावरण व्यवस्थापनबारे जानकारी दिन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरी सहितको प्रतिनिधि मण्डललाई भ्रमण गराएका थिए ।

May be an image of 1 person and outdoors
विदेशमा रहँदा पनि उनले आम्दानीको केही प्रतिशत चितवनको सामाजिक सेवामा खर्च गर्दै आएका थिए । कालिका नगरपालिकामा २२ वर्ष ओडारमा बसेका रुपसिंह चेपाङलाई उनकै पहलमा घर बनाइ निवास प्रबेश गराउन बिशेष पहल गरेको स्थानियहरु बताउछन ।

May be an image of 10 people, people standing and outdoors

बिदेशिक रोजगारमा उच्च शिक्षा अध्ययन अन्य प्रायोजनमा लाखौं नेपाली विदेशमा बसोवास गर्दछन । म यसरी देशमा आएर केही गर्न खोज्दा सबैको साथ र सहयोग पाएँ भने भोलि अन्य युवाहरु पनि देश फर्कने वातावरण बन्नेछ । उनले कांग्रेस पार्टी संगठनलाई सुद्धिकरण गर्दै अगाडि बढ्ने प्रतिबद्धता लिएर नेपाल फर्किएकोले महानगरका मतदाताहरुले उनको देश बनाउने योजना पुरा गर्न अत्यधिक मतका साथ आफूले महानगर उपसभापतिमा जित्ने दाबी गर्दछन । रेग्मी अब म विदेश जान्न देशमा नै केही गरेर देखाउँछु । बाध्यताले विदेशिएका नेपालीहरु देश फर्कने वातावरण बनाउँछु

बेल्जियमको स्थानीय (निर्वाचन)मा नगरपालिकाको चुनावमा २०१८–२०१९ मा निर्वाचन लडेका रेग्मी उपविजेता थिय । तर यस पटक नगर निर्वाचन बाट बिजय भई नेपालमा राजनीति गर्ने योजना सहित नगरबासी हरु सँग छलफल आफ्नो उम्मेद्बवारी सामाजिक सञ्जालमार्फत् घोषणा गरेका छन ।
May be an image of 3 people, people sitting, people standing and indoor
गुञ्जनगर हाइस्कुलबाट प्ररम्भिक शिक्षा सुरु गरेका रेग्मीले लमजुङको भार्तेबाट एसएलसी उतीर्ण गरी, वीरेन्द्र बहुमुखी क्याम्पसबाट आईए, त्रिचन्द्र क्याम्पस काठमाडौँबाट बीए गर्दै पाटन बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा एमए गरेका हुन् । उनले युरोपमा बसेर सरकारको बातावरण सल्लाहकारको काम गरेको अनुभवको आधारमा भोलिका दिनमा अवसर पाएमा भरतपुर महानगरलाई वातावरण व्यवस्थापन र विकासका हिसाबले विश्वकै प्रतिष्ठित शहरको रुपमा विकसित गर्न सकिने अठोट गरेका छन् ।

Please follow and like us: