चितवनमा ट्याक्टर दुर्घटना हुँदा पाँच जना मृत्यु

जीएनएन  चितवन – चितवनको राप्ती नगरपालिकामा ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। ज्यान गुमाउने अधिकांश मजदूर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका वडा नम्बर–११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना१त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा घाइते भएकाहरूमध्ये पुरानो मेडिकल कलेजमा चार जना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको हो। ट्याक्टरमा सवार १७ जना घाइते भएका छन्।

घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । चितवन प्रहरीका प्रवक्ता सूर्य थापाका अनुसार मृतकहरुको विवरण खुलेको छैन।

वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेका कामदार सवार ट्याक्टर दुर्घटना भएको हो।

Please follow and like us: