गीतकार दीप गिरीको “मन खाने माया” सार्वजनिक

लन्डन (जीएनएन) — बेलायत बस्दै आएका गीतकार दीप गिरीले नयाँ गीत “मन खाने माया” युट्युव मार्फत सार्वजनिक गरेका छन् । यस गीतमा नेपाल आइडलका तेश्रो रनर अप गायक किरण भुजेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

रेडियो नेपालको २०७७ सालको राष्ट्रब्यापि आधुनिक गीत प्रतियोगितामा उत्कृष्ट संगीतकारको ट्रफि पाइसकेका चर्चित संगीतकार शंकर थापा स्माइलको संगीत रहेको यस गीतको संयोजन विश्व अधिकारीले र भिडियो निर्देशन गणेश शाहले गरेकाछन् ।

“मन खाने माया” को युट्युव लिंक :-

त्यसैगरी रोनिको कोरियोग्राफि रहेको यस भिडियोमा डिमोन क्षेत्री, रोनि, श्रृजना जीसी र स्मृति श्रेष्ठको मुख्य अभिनय रहेको छ । म्युजिक भिडियो हेर्दा नाचुँ नाचुँ लाग्ने खालको कमर्सियल गीत बनेको देखिन्छ ।

गीतकार दीप गिरीले आफनो सांगितिक यात्रा २०४९ सालबाट प्रतिविम्व ब्याण्डमा संगीतकार राजु सिंहसँग जोडिन पुगेपछिबाट शुरु भएको बताए ।

उनका गीतहरु कर्ण दास, जोन तण्डुकार, धनुषा सिंह, योजना पुरी, राज खाम्बु र साधना सरगमले स्बरवद्ध गरिसकेकाछन् भने हरि लम्सालको संगीतमा सुजन पराजुली र दिब्यानी शर्माको स्वरमा अर्को गीत रेकर्ड भइ सकको छ ।

Please follow and like us: