कुवेतमा लम्जुङका लालबहादुर गुरुङको मृत्य

जीएनएन कुवेत , हरि कृष्ण न्यौपाने

क्होलासोथार ५ सिङ्दी, लम्जुङ घर भई कुवेतमा कार्यरत ३४ बर्षिय लाल बहादुर गुरुङको मृत्यु भएको छ।

जण्डिस रोगले ग्रस्त लालबहादुरको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा ३१, जनावरी,२०२१ आइतबारको दिन मृत्यु भएको हो।

नेपाली राजदुतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने” अल सारी नेशनल जनरल ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनिमा ११ बर्ष देखि कार्यरत गुरुङको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

मृतक कानुनी हैसियतमै रहे पनि उनलाई यात्रा प्रतिबन्ध रहेको र दुताबासको सहयोगमा घर फर्काउनको लागि यात्रा प्रतिबन्ध फुकुवा गरे पनि फर्काउन सकिएन।”

सिलवालले थपे”कम्पनी र मृतकको परिवारसंग समन्वय गरि आबश्यक कानुनी प्रकृया पूरा गर्ने तर्फ दुताबास लागि सकेको छ।”

Please follow and like us: