ईनास नेदरल्यान्ड्सले गर्‍यो नबौ वार्षिक साधारण सभा सम्पन्न

द्रोण रिजाल, नेदरल्याण्ड्स ,

नेपाली भाषा, सॅंस्कृती र भेषभुषाको प्रवर्धन गर्दै अन्तरराष्ट्रिय छेत्रमा चिनाउन अहम भूमिका गर्दै आएको ईनास संसारको ७३ राष्ट्रमा आफ्नो सन्जाल फैलाई सकेको छ |

सन २०१२ मा स्थापित अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास ) नेदरल्याण्ड्स सन्थापक राष्ट्र हो | भाषा, सॅंस्कृती र भेषभुषाको सम्रक्षण र प्रवर्धनका लागि अहम भूमिका खेलेको इनास नेदरल्याण्ड्सले फेब्रुवरी १ तारिखका दिन नबौ वार्षिक साधारण सभा भर्चुयल माध्यम बाट सम्पन्न गरेको छ |

कार्यक्रमको प्रमुख आतिथ्यता अन्तरराष्ट्रिय नेपाली कलाकार समाज ( इनास ) का सन्थापक अध्यक्ष पुष्प बरुवालको र उपाध्यक्ष सरिता हुमागाइको प्रमुख आतिथ्यमा वार्षिक साधारण सभा सम्पन्न भएको हो |

त्यसैगरि बिशिस्ठ अतिथी एन आर एन नेदरल्याण्ड्सका सन्थापक अध्यक्ष तथा प्रमुख सम्रक्षक शशी पौडेल, बिशेष अतिथिहरु क्रमस: एन आर एन आइ सि सि युरोप सम्योजक नारायण आचार्य, युवा सम्योजक हिमाल गुरुङ, आइ सि सि सदस्य मनोहरी शर्मा, पुर्व आइ सि सि सदस्य फडिन्द्र पन्त, नेपाल पत्रकार महसंघ युरोप शाखाका महासचिब द्रोण रिजाल,एन आर एन नेदरल्याण्ड्सका बरिस्ठ उपाध्यक्ष मिम पुर्जा,महासचिब संघर्शसिल केसी, महिला सम्योजक राधा देबी कॅंडेल,बाग्लुङ समाजका अध्यक्ष थानेश्वर कॅंडेल, प्रवासि नेपाली एकता मन्चका महासचिब थानेश्वर गौतम, जन सम्पर्क समिती नेदरल्याण्ड्सका सभापति प्रेम जंग गुरुङ, नेपाली भाषी इन्जिनीयर एसोसियसनका अध्यक्ष डि पी मैनाली, भुटानिज कम्युनिटीका अध्यक्ष आईमान समाल, तामाङ् समाज नेदरल्याण्ड्सका अध्यक्ष पेमा लामा, नेपाल घर नेदरल्याण्ड्सकी अध्यक्ष बन्दना अधिकारी, नेपाल समाज नेदरल्याण्ड्सका पुर्व अध्यक्ष राम बुढाथोकी, अध्यक्ष नारायण रिसाल, इनास फ्रान्सका अध्यक्ष प्रबिण सापकोटा र इनास बेलायतका महासचिब मनिष श्रेष्ठ लगायत बिभिन्न संघसन्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभगिता थियो |

सन्थाको प्रगती र आर्थिक विवरण प्रस्तुत गर्दै सचिब ईन्द्र कॅंडेलले कार्यक्रम सन्चालन गरेका थिए |

इनास नेदरल्याण्ड्सको भाबी कार्य योजना प्रस्तुत गर्दै अध्यक्ष निशान सापकोटाले आगामी दिनहरुमा सहभागि सम्पूर्ण संघसन्थाका प्रतिनिधिहरुले सहकार्य गर्नकालागी बचन दिएबाट आफुलाई अरु थप प्रेरणा मिलेकोमा खुशी ब्यक्त गरेका थिए |

अन्तमा उपाध्यक्ष चन्दना खड्काले सम्पूर्ण सहभागी अतिथिहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेकी थिइन |

Please follow and like us: